तस्विरमा हेर्नुहोस् विवाहपछी सिन्दुर पोते र साडीमा सजिएकी श्वेता खड्का ( फोटो फिचर )

काठमाडौँ । नायिका श्वेता खड्काले मंसिर २२ गतेको लगनमा धुमधामले बिबाह गरेकी छिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी श्वेताले अहिले आफ्नो विबाहपछि जीवन सुरु गरेकी छिन् । सिमित साथीभाई र आफन्त माझ धुमधामले विबाह गरेकी श्वेताले विबाह गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवारसँग खुशी देखिएकी श्वेता सिन्दुर, पोते र रातो चुरा अनि साडीमा निकै खुलेकी छिन् ।

आँफैमा सुन्दरताकी खानी श्वेता मेकअप सहित विबाहको भोली पल्टको दिनमा झनै राम्री देखिएकी छिन् । हिन्दू परम्परा अनुसार बिबाह गरेर विजयेन्द्रको घरमा गएकी श्वेताका पति विजयन्द्र सिंह रावत घनगडीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु रहेको श्वेताले ओएस नेपालसँगको कुराकानीमा जानकारी गराइन् ।

व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेता विगत केही समयदेखि रिलेसनसिपमा थिए ।पढाई सकेर विज्नेश सुरु गर्ने योजनामा रहेका विजयेन्द्रको घरमा श्वेता पुगेपछि देखिएको यो रमाइलो र खुशीको माहोल भिडियोमा हेर्नुहोस्

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = two