वर्षौंपछि करिश्मा र राजेश एकैसाथमा, जब राजेश हमालले करिश्मालाई यस्तो भनेपछि (भिडियो सहित)

काठमाण्डौ । नेपाली सिने जगतका महानायक राजेश हमाल र सदाबहार नायिका करिश्मा मानन्धरलाई फेरी एक पटक एकै साथ रमाईलो गर्दै गरेको अवस्था देखिएको छ । यो देखेर सबै नेपाली दर्शकहरु निकै नै खुशी भएका छन् । दर्शकहरुले राजेश र करिश्माको जोडीलाई आजबाट मात्रै नभई यो जोडी पर्दामा देखिएसंगै मन पराउन थालेका हुन् । यो जोडी नेपाली सिने जगतमा सदाबहार जाडीको रुपमा सबै दर्शकको मन मन्दिरमा बस्न सफल भएको जोडी हो ।

यसपटक वर्षौंपछि राजेश हमाल र करिश्मालाई एकै साथ रमाईलो गर्दै ठट्यौली पारामा प्रस्तुत भएको देखिएको छ । मुन्द्रेको कमेडी क्लबमा दिपा श्री निकालिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको कुर्सिमा बस्दै आएकी छिन् । सोही कार्यक्रममा अथितिको रुपमा महानायक राजेश हमाल पुगेका थिए । उनले कार्यक्रमको शोभा नै बढाएका थिए । सोही कार्यक्रममा राजेश हमाल र करिश्मा मानन्धरले काजी र बसन्तीको भूमिकामा ठट्यौली पारामा रमाईलो गर्दै अभिनय गरेका थिए ।

यी दुई सदाबहार जोडीले गरेको उक्त अभिनयलाई दर्शले निकै नै मन पराएका पनि थिए । अभिनयकालागी मुन्द्रेले डाइलग क्रिएट गरेका थिए । जस्मा काजीले बसन्तीलाई मुन्द्रेको जिम्ममा लगाएर आफु जानु पर्ने सिन थियो भने बसन्तीले पनि काजीलाइृ मुन्द्रको जिम्मा लगाएर नजान आग्रह गर्नु पर्ने सिन थियो । तर काजी कुनै पनि हालतमा जानै पर्ने भएको हुनाले मुन्द्रेलाई बसन्तीको राम्रोसंग रेखदेख गर्न आग्रह गरिएको थियो । मुन्द्रेको रेखदेखमा बस्नु पर्दा बसन्तीलाई काजीको धेरै नै याद आउने र चाँडै फर्कने बाचाका साथ काजीलाई बिदाई गर्नु पर्ने सिन थियो ।

सोही सिन र डाईलगमा करिश्मा र राजेशले निकै ठट्यौली पारामा हाँस्दै र हँसाउँदै अभिनय गरेका थिए । मुन्द्रेले पनि बसन्तीको राम्रोसंग रेखदेख गर्ने बचन काजीलाई दिएका थिए । यो सिन हेरेर मुन्द्रेको कमेडी क्लबमा हाँसोको फोहोरा नै छुटेको थियो । करिश्मा र राजेशको यो ठट्यौली पारामा गरिएको रमाईलोलाई सोशल मिडियामा धेरै दर्शकहरुले वर्षौंपछि यो जोडीलाई देख्न पाएकोमा खुशी पनि व्यक्त गरेका छन् । मुन्द्रेको कमेडी क्लबमा गरिएको करिश्मा र राजेशको उक्त मजाकको केही अंशहरु हेर्नलाई तलको भिडियो लिंकमा क्लिक गर्नुहोला ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty six = sixty six