युटुबको नम्बर १ ट्रेन्डिङमा ‘छ माया छपक्कै’

काठमाण्डौ : गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’लाई युटुबमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । हलमा बम्पर व्यापार गर्न सफल यो चलचित्रलाई ४ दिन अगाडि युटुबमा सार्वजनिक गरिएको हो । युटुबमा यो चलचित्रलाई करिब २३ लाखले हेरिसकेका छन् । नेपालको युटुब ट्रेन्डिङको पहिलो स्थान ओगटेको चलचित्रलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

चलचित्र हेरेर प्रतिक्रिया दिने २२ सय भन्दा बढी दर्शकले यसलाई उत्कृष्ट भनेका छन् । दीपकराज गिरी र उनको टिमले बनाएको आजसम्मकै उत्कृष्ट चलचित्र भनेर धेरै दर्शकले प्रतिक्रिया लेखेका छन् ।

देशको राजनीतिक अवस्था र ‘नो भोट’को अभियान छेडेको यो चलचित्रले पाएको प्रतिक्रियाले निर्माता रोहित अधिकारी खुशी देखिए । उनले भने–‘हलमा पनि दर्शकले चलचित्रलाई अत्याधिक रुचाउनुभएको थियो । युटुबमा पनि सोही अनुसारको माया पाएका छौ ।’

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ eight = one