दुर्गेश थापा विवाह नगरी कसरी बुबा बने भन्दै फ्यान चकित

काठमाडौं – चर्चित गायक तथा मोडल दुर्गेश थापा बुबा बनेका छन् । आइतबार सामाजिक सञ्जाल फसबुकमार्फत गायक थापाले आफु बुबा बनेको जानकारी गराएका हुन् । प्राची लामासँग प्रेम विवाह गरेका थापाले आफु बुबा बनेको भन्दै फेसबुकमा तस्बिर शेयर गरेका छन् । उनले “नयाँ मान्छेलाई सुनौलो संसारमा स्वागत छ” लेख्दै प्राचीलाई पनि ट्याग गरेका छन् । उनले शेयर गरेको पोष्टमा धेरैले बधाई तथा शुभकामना दिएका छन् ।

धेरै शुभचिन्तकहरूले विवाह नगरी कसरी बुबा भन्दै चकित पर्दै कमेन्ट गरेका छन् । केही समयअघि पनि दुर्गेशले आफ्नी प्रेमिका प्राचीलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका थिए । बिच्च बिच्च बाट चर्चामा आएका दुर्गेश  लोकप्रिय गायकको रुपमा परिचित छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = 30