किरण र रचना को आवाजमा रोमान्टिक गीत “सुनन”सार्वजनिक (भिडियो)

काठमाडौं : उसो त पछिल्लो समय लोकप्रिय अनि व्यस्त गायिकाको रुपमा चिनिएकी गायिका हुन् रचना रिमाल। दिनहुँ जसो उनका गीतहरू रेकर्डिङ एवम् रिलिज भइरहेका हुन्छन् । यसैबीच, शनिबार उनको नयाँ गीत रिलिज भएको छ। रिलिज भएको “सुनन” बोलको गीतमा रचना रिमाल र किरण भुजेलको सुमधुर आवाज रहेको छ। मेलोडियस रोमान्टिक प्याटर्नमा आधारित रहेको गीतमा प्रेम पुरुको शब्द अनि भिम बिसीको संगीत सुन्न सकिन्छ।

झट्ट अडियो सुन्दा फिल्मी गीत जस्तै लाग्छ। रचना र किरणको गायिकी गीतमा मेलोडियस अनि उत्कृष्ट छ। गीतको अडियोसंगै भिडियो पनि उत्कृष्ट बनेको छ।
एक प्रेम जोडीको प्रेमिल कथालाई भिडियोमा देखाइएको छ। भिडियोमा यसै गीतका गायक किरण भुजेल र जेनिशा अधिकारी फिचर्ड छन् । उनीहरूको केमिस्ट्री भिडियोमा गजब रेखिएको छ।

भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई सम्पादन एवम् कलर गर्ने काम सुप्रीम पराजुलीले गरेका छन् । भिडियो किरण भुजेलको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 6 = fifty four