अभिनेत्री श्वेता खड्कासँगै उनका पति विजयेन्द्रले आफूमाथि कुटपिट गरेको भन्दै सुष्मा कार्की पुगिन् प्रह-री चौं-किमा

काठमाडौं : अभिनेत्री सुष्मा कार्कीले आफूमाथि अर्की अभिनेत्री श्वेता खड्काले कुट-पिट र गाली-गलौज गरेको भन्दै प्र-हरीमा उजुरी दिएकी छन् । अभिनेत्री कार्कीले सोमबार साँझ दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूमाथि अभिनेत्री खड्कासँगै उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट तथा गालीगलौज गरेको भन्दै महानगरीय प्र-हरी वृत्त दरबारमार्गमा उ-जुरी दिएकी हुन्।

दरबारमार्गका डीएसपी रामेश्वर पौडेलले अभिनेत्री कार्कीले सोमबार साँझ आफूमाथि कुट-पिट भएको भन्दै उजु-री दिएको बताए। उनले छलफलका लागि अर्को पक्षलाई पनि बोलाएको जानकारी दिए । ‘सोमबार साँझ आफूमाथि कुटपिट भएको भन्दै अभिनेत्री सुष्मा कार्कीले उजुरी दिनुभएको छ’, डीएसपी पौडेलले भने, ‘हामीले अर्को पक्षलाई पनि छलफलमा बोलाएका छौँ, दुवै पक्षसँग छलफल गरेपछि सत्यतथ्य थाहा हुन्छ।’

अभिनेत्री कार्कीले श्वेताले गालीगलौज गरेको र उनकी बहिनी आरतीले कुट-पिट गरेको आफूसँग प्रमाण सुरक्षित रहेको बताएकी छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty seven = twenty nine