बलिउड अभिनेत्री कङ्गना राणावतको ठुलो झुट पर्दाफास

काठमाडौं । बलिउड अभिनेत्री कङ्गना राणावतको ठुलो झुट बाहिर आएको छ । सोमबार बिहान ‘वाई सुरक्षा’ का साथ मुम्बईबाट चन्डीगढ आइपुगेकी कङ्गनाले ठुलो झुट बोलेकी हुन् । कङ्गना आइपुगेको खबर पञ्जाब पुलिस र चन्डीगढ़ विमानस्थलको सुरक्षा शाखामा पहिल्यै थियो ।

त्यसकारण, प्रहरीले विमानस्थलमा डीएसपीको नेतृत्वमा सुरक्षा फोर्स खटाएको थियो । डीएसपी जतिन्दर पाल सिंहले भने, ‘कङ्गनाको सुरक्षा अन्तर्गत पञ्जाब प्रहरीका एक डीएसपी, २२ प्रहरी, ६ कमाण्डो र करीव १० सीआईएसएफका जवान खटाइएको थियो ।

कङ्गना विमानस्थल टर्मिनलबाट बाहिर आउने बित्तिकै सीआईएसएफ र पञ्जाब प्रहरीका जवानबाट घेरिएकी थिइन् । मोहाली छोडेर कङ्गनाले सामाजिक सञ्जालमा एक झटो दावा गरेकी थिइन् ।

उनले भनेकी थिइन, ‘मेरो सुरक्षा चन्डीगढमा अवतरण गरेपछि नाममात्र भएको छ ।’ तर वास्तवमा कङ्गनाको सुरक्षामा कुनै कमी आएको छैन ।जब कङ्गना गत हप्ता चन्डीगढ़बाट मुम्बई गएकी थिइन् त्यो बेलामा जुन सरक्षा दिइएको थियो सोमबार पनि उनले त्यो नै संख्यामा सुरक्षाकर्मी पाएकी हुन् ।

एसएसपी कुलदीप सिंह चहलले भने, ‘कङ्गनालाई प्रोटोकल अन्तर्गत सुरक्षा प्रदान गरिएको थियो । पञ्जाब प्रहरीका कर्मचारीहरू विमानस्थल टर्मिनलबाट ट्रेनमा खडा थिए जहाँ कङ्गना बसेकी थिइन् । १०० मिटरको परिधिभित्र करिब २२ जवानहरू तैनाथ थिए ।’

जब कङ्गना मनालीको लागि आफ्नो कारमा गइन्, पञ्जाब प्रहरीका गाडीहरू पछाडि पछाडि थिए । दुबै गाडीमा करीव ६ देखि ८ जवानहरू थिए । लगभग ३७ सिपाहीहरू रोपार सिमानासम्म पुग्ने सडकको चौबाटोमा राखिएको थियो । त्यसकारण कङ्गनाले नाममात्रैको सुरक्षा थियो भनेर गरेको दावा गलत्त भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 × = fifty six