आजबाट ४७ बर्षमा प्रवेश गरेन् नायिका करिश्मा मानन्धर ( हेर्नुस करिश्माका कसैले नदेखेका तस्बिरहरु )

काठमाडौं । नेपाली चलचित्रकी सदाबहार सुन्दरी करिश्मा मानन्धर आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नायिका मानन्धर आजबाट ४७ बर्षमा प्रवेश गरेकी छिन् । करिश्माको जन्म सन् १९७४ फ्रेवुअरी ४ मा भएको थियो । नायिका मानन्धरले अभिनयगरेको पहिलो चलचित्र ‘सन्तान’ हो । वि.सं २०४२ सालमा निर्माण भएको यो चलचित्रमा अभिनय गरेपछि करिश्मालाई कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन ।

उनले अभिनय गरेका ‘मायालु, कस्तुरी, ट्रक ड्राइभर, भाउजु, साथी, एक नम्बरको पाखे, बसन्ती, ढुकढुकी, पन्छी, जिद्दी, जिन्दगी’ लगायतका चलचित्र चर्चामा रहे । करिश्माले निर्माण गरेको चलचित्र ‘ढुकढुकी’ले दर्शकको मन जित्यो । तर, चलचित्र ‘बाबुसाहेब’मा घाटा ब्यहोरेपछि भने करिश्मा अमेरिकातर्फ लागेकी थिइन् ।

अमेरिकामा ९ बर्ष भन्दा बढी बसेर नेपाल फर्किएपछि करिश्माले राजनीतिक जीवन पनि अगाडि बढाइन् । तर, उनको राजनीतिक यात्रा भने सुखद हुन सकेन । उनी, आफ्नो अधुरो पढाई पुरा गर्न पनि अगाडि सरेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा नाम कमाउन सजिलो छैन । अझ, कमाएको नाम जोगाउन झनै गाह्रो छ । तर, करिश्माले भने आफ्नो नाम मात्र बनाइनन्, यसलाई जोगाएकी पनि छन् ।

४९ बर्षको उमेरमा पनि आफ्नो सुन्दरताको जादु छर्न सफल करिश्माको क्रेज आज पनि उस्तै छ । आज जन्मदिन मनाइरहेकी नेपाली चलचित्रकी सदाबहार सुन्दरी करिश्मालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 × = twenty seven