गजलकार अञ्चल शाहीको नयाँ गीत “नेपालको राजनिती खाए खा नखाए घिच” सार्वजनिक (भिडियो सहित)

काठमाडौं : नेपालमा पछिल्लो समय राजनितीमा खिचातानी भैरहेको अवस्था छ । राजनिती कै कारण देश तहस नहस भएको छ । नेपालका भ्रष्ट नेताहरुले गर्दा सोझा जनताहरुले दुस्ख पाईरहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै हट गजलकार अञ्चल शाहीको नयाँ गीत “नेपालको राजनिती खाए खा नखाए घिच” सार्वजनिक भएको छ । यस गीतमा अञ्चल शाहीको शब्द रहेको छ भने सुवास थापा मगरको संगीत रहेको छ ।

सो गीतमा सुवार थापा मगर, दिपक घर्ती मगर, मुकेश पुलामी मगर, रुपी सिंजाली, किशान काले, मनु सापकोटा, प्रकाश रसाईली भाबुक, अशिम चन्द बिक, प्रकाश गौतम र चक्र बिकको स्वर रहेको छ । यस गीतको निर्माता कमल बिम्ब हुन् भने एरेञ्ज चाहिँ डोलराज बारघरे मगरले गरेका हुन् । अञ्चल शाहीकै निर्देशन रहेको गीतमा समिर रामदाको छायांकन, सम्पादन रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty eight = ninety four