बडु परिवारको सांगीतिक मोह संगै एक पछि अर्को प्रगती गर्दै

काठमाडौं : सानै उमेर देखि गीत सङ्गीतमा रुचि राख्दै आफुलाइ अहिलेको अवस्थामा गीत संगीतमै स्थापित गराउन सफल बहु प्रतीभाका धनि म्युजिक एरेन्जर, गायक तथा संगीतकार भुवन बडुले पछिल्लो समय बिग परिवेश स्टुडियो अनामनगर, काठमाडौ, नेपालको शाखा भारतको प्रशिद्ध मुम्बई महारास्ट्रमा पनि सञ्चालनमा लिएका छन । भारतमै पहिलो नेपाली रेकर्डिङ स्टुडियो स्थापना गरि प्रवासी नेपाली कलाकारहरुलाई थप सुबिधा दिएका छन्। उनी भन्छन् “म सानै देखि निक्कै मिहिनेत गरि कठिन परिस्थिती बाट आएको हु। पछिल्लो समय मलाई मेरा छोराहरु र श्रीमतीको भरपुर साथ मिलिरहेको छ।”

उहाँको जेठो छोरा जीवन बडुले पछिल्लो समयमा म्युजिक एरेञ्ज, मिक्सिङ र मास्टरिङ गर्नेमा चर्चामा कमाएका छन् । जीवन बडुले म्युजिक एरेन्ज मिक्सिङ मास्टरिङ गरेका थुप्रै गीतहरु ट्रेन्डिङमा समेत परेका छन् । जिवन बडुले एरेञ्ज गरेका गीतहरु घरको छतमा, माया गरौला, चमत्कार, चम्चा पिलेट, जाले रुमाल, पानी पधेरो २ लगायत अन्य गीतहरु ट्रेन्डिङमा सफल गीतहरु हुन् ।

जीवन बडुले यस बर्षकै “मोडर्न पप गीत एरेञ्जरको अवार्ड” पनि पाएका छन् । यसै गरि भुवन बडुको माइला छोरा अमन बडुले पनि म्युजिक भिडियो छायांकन र सम्पादनमा निकै मिहिनेतको साथ अगाडि बढ्दै गरेको क्रममा अहिले भारतको मुम्बई स्थित बालाजी फिल्ममा हिन्दी सिरियल कुम कुम भाग्यको भिडियो सम्पादनको जिम्मेवारी पाएका छन् ।

कक्ष १२ को अध्ययन संगै अमन र जीवन संगीतलाइ पनि पछ्याइ रहेका छन ।कोभिड १९को असरले बिधालय बन्द भए संगै त्यो समयको सदुपयोग गर्दै भुवनका कान्छो छोरा रिजेन बडु भारत मुम्बईका दक्ष गितार बादनका गुरु अक्ष सङ्ग तालिम लिइ रहेका छन् । सानै उमेरमा जेठा छोरा जीवन, माइला छोरा अमन र कान्छो छोरा रिजेनको प्रगतीलाई आशिर्वाद दिनुहुने, साथ सपोर्ट गर्ने मित्रहरुको लहर छाएकोमा भुवन बडुले खुसी ब्यक्त गरेका छन् ।

बिग परिवेश स्टुडियो काठमाडौको कार्यभार उहाँकी धर्म पत्नी माही बडुले सम्हालेकी छिन् भने रेकर्ड कार्य मनोज डंगोलले सम्हालेका छन् । बिग परिवेश स्टुडियो भारतमा म्युजिक एरेन्ज संगै रेकर्डिङको कार्य भुवन आफैले सम्हालेका छन् । भारतमा पछिल्लो समय बिग परिवेश स्टुडियोमा भुवन बडुले हिन्दी गीत समेत एरेन्ज गरि हिन्दी प्याटनका कलाकारहरुलाइ पनि आकर्षित गराएका छन् ।

नेपाल तथा भारतमा कलाकारलाई संगै राखी उहाँहरुको भोकल रेन्ज चेक गरि म्युजिक एरेन्ज गर्दै नेपाली गीत संगीतलाई उच्च स्थानमा पुर्याउने लक्ष्य संगै म्युजिक भिडियो पनि उचित लोकेसन र क्वालिटी युक्त तरिकाले कार्य गर्ने प्रयास गरेका छन् । उनी भन्छन् “म बाचुन्जेल सम्म नेपाल तथा भारतमा रहेका नेपाली गीत संगीतमा लाग्नु हुने हरेक कलाकारहरुलाइ आफुले सक्दो सहयोग गर्नेछु र यस क्षेत्रमा रुची राखेर प्रवेश गर्न चाहने नव कलाकारहरुले केही सिकेर र बुझेर आउनुहुन अनुरोध गर्दछु ।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 9