लाहुरेको घर बिगार्ने स्मिता भन्छीन् लाहुरे भन्दा कम छैन नारायण यादव

काठमाडौ :  तनहुँमा भएको एउटा घटना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगं र स्मीत रुँदै छुट्टीएका छन् । स्मीताले गरेको गल्तीका कारण निकै राम्रो जोडी छुट्टीनु परेको छ । अन्तिम पटक भेट हुँदा उनीहरुले एक अर्कालाई रोक्न सकेनन् ।

सानी छोरीलाई स्कूल लैजान्छु भनेर घरवाट निस्केकी स्मीता जनकपुरको नारायण यादव भन्ने ब्यक्तिसंग काठमाडौ पुगेको अवस्थामा राहुल र उनका परिवारले फेला पारेका थिए । स्मीतालाई नारायणले प्रेमको नाटक गरेर बेच्न लैजान लागेको खुलेको छ । उनलाई पोर्चुगल लैजाने भनेर काठमाडौको होटलमा राखेका थिए । एक महिना पछि राहुलको परिवारले स्मीतालाई फेला पारेका थिए ।

स्मीताले आफ्नो श्रीमानको विश्वास तोडेर नारायणसंग जानु गल्ती भएको स्वीकार गरेकी छन् । उनले नारायणले आफुलाई बेच्न लैजान लागेको कुरा पनि राहुलको परिवारले फेला पारेर प्रहरीले अनुसन्धान गरेपछि मात्र थाहा पाएकी थिइन् ।सुरुमा मिठा कुरा गरे । सामाजिक सञ्जालमा भेटिएका नारायण यादव जसले आफ्नो घर जनकपुर वताएका थिए । घरमा कोही छैनन् आमाबुवाको निधन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए ।

उनीहरु त्यहाँ होटलमा एक महिना सम्म बसेका थिए । तर जब उनलाई खोज्दै उनकै आफन्तहरु होटलसम्म पुगे त्यसपछि उनले आफुलाई त्यसरी फकाएर काठमाडौको होटलमा बोलाउने नारायणको वास्तविकता पनि थाहा पाइन् । परिवारमा कोही छैनन भनेका उनको आमाबुवा पनि रहेछन् । उनी विवाहित समेत हुन भन्ने थाहा पाएपछि स्मीता छक्क परिन् । उनले आफुलाई बेच्नकै लागि यति ठूलो जालझेल गरेका थिए भन्ने पनि थाहा पाइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty four ÷ = twenty two