श्वेता खड्काको समाजसेवामा किन उठ्यो प्रश्न ? के बिगारिन श्वेताले ? पढ्नुहोस पुरा नलिबेली…

काठमाडौं : अभिनेत्री तथा व्यवसायी श्वेता खड्काले आफूले गरेको समाजसेवामाथि मानिसको कुदृष्टि परेको बताएकी छन्। माझी वस्ती निर्माणका विषयमा अनेक प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रष्टिकरण समेत दिएकी छन्।

माझीबस्ती स् यथार्थ र भ्रम शिर्षक राखेर उनले आफूविरुद्ध बोल्ने माझी वस्तीका व्यक्तिहरुले वस्ती निर्माण कार्यमा असहयोग गरेको, विभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाहरुलाई हतोत्साहित गरेको र इट्टाको एउटा टुक्रा समेत नबोकेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘नेपाल सरकारबाट भूकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रैबाट बन्ने घरका डिजाइन देखाइएको थियो तर, स्थानीयवासीहरुकै सहमतिमा हालको घरको डिजाइन तयार गरिएको हो।’

घर निर्माणका लागि प्राविधिकहरुले तयार गरेको अनुमानित लागत रू। ८ लाख २५ हजार रहेको उनले बताएकी छन्। ‘केही दाताहरुले ढोका लगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्धता दिएअनुरुप सो सामग्रीको मूल्य कटाएर ७ लाख मूल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मूल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समिति नै हो’, उनले लेखेकी छन्।

सरकारी अनुदान बाहेक अन्य नपुग रकम रू। ४ लाख ऋण लक्ष्मी बैंकबाट लिने भनेर साझा सहमति जुटाउने पनि स्थानिय उपभोक्ता समिति रहेको श्वेताले बताएकी छन्। श्वेताका अनुसार धेरैले वस्ती निर्माणका लागि सहयोग गरेका छन्। कतिले सहयोग रकम घोषणा गरेर पनि दिएका छैनन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + 7 =