१० बजेभन्दा पछाडि बालबालिका अनिँदो राख्न नपाइने

एजेन्सी। अहिलेको युगमा बच्चाको जिवन पनि कम्ता बोझिलो छैन । प्रतिस्पर्धाको जमानामा बालबालिकाको कमजोर काँचमा समेत जिम्मेवारी र अपेक्षाको अत्यधिक बोझ भिराइदिने गर्छन् अभिभावकहरुले ।

अरु भन्दा अगाडि बढ्नका लागि बालबालिकामाथि दबाब दिइन्छ । स्कुल होस् वा घर, पढाई लेखाईमा घोटाइरहने कुराले गर्दा बालबालिकालाई सास फेर्ने फुर्सद हुँदैन कि जस्तो हुन्छ । सायद बालबालिकामाथिको यहीँ अन्यायबाट क्रुद्ध भएर होला चीनमा एउटा अनौठो कानून लगाइएको छ ।

उक्त नयाँ कानूनलाई होमवर्क कर्फ्यू भन्ने गरिएको छ । जसअनुसार कुनै पनि अभिभावकले रातको दश बजे भित्रमा आफ्ना बच्चाबच्चीलाई अनिवार्य रुपमा सुताएको हुनुपर्नेछ । होमवर्क गर्न भन्दै १० बजेभन्दा पछाडिसम्म बच्चाबच्चीलाई अनिँदो राख्न पाइने छैन ।

चीनको झेजियाङ प्रान्तमा लागू भएको यो नियमले निकै ठूलो चर्चा पाएको छ । उक्त नियमानुसार बच्चाका लागि होमवर्क भन्दा महत्वपूर्ण पर्याप्त निद्रा हुन्छ ।

नियम अनुसार रातमा १० बजे अगावै सुताउने मात्र होइन अबदेखि बाउआमाहरुले शनिवार तथा आइतबार बच्चाबच्चीलाई मज्जाले खेल्न तथा रमाइलो गर्न दिनुपर्नेछ । विदाको दिनमा पढ्न पठाउने वा घरमै पढाउने मान्छे बोलाउन पाइने छैन ।

प्राथमिक तहका विद्यार्थीका लागि सुत्ने समय रातको ९ बजे तय गरिएको छ । चाहे होमवर्क पूरा होस् कि नहोस् ९ बजे बच्चा सुतेकै हुनुपर्नेछ ।

सरकारको यस्तो नियमबाट सबै अभिभावक खुसी चाहीँ छैनन् । यसले बच्चाहरुलाई कमजोर बनाउने र पढाईलेखाई सुस्त हुने गुनासो उनीहरुको छ । सरकारको यस्तो नियमलाई होमवर्क कर्फ्यूको नाम दिएका छन् अभिभावकहरुले ।

एजेन्सीको सहयोगमा

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty eight − = thirty two