गायक अलिफ खानको “छुदिन म जाँले रुमाल”बोलको गित सार्वजनिक भए संगै चौतर्फी चर्चा(भिडियो सहित)

काठमाडौं : भनिन्छ मानिसको जीवन संघर्ष हो । जीवन जिउन सजिलो छैन । जीवनमा संघर्ष गर्दा विभिन्न बाधा अड्चन हरु मानिस ले भोक्दै आएको हुन्छ । यस्तै संगितमा केही गर्छु भनेर नेपाली सांङ्गितिक क्षेत्रमा पाईला चालेका थिए गायक अलिफ खान ले । जिन्दगीमा केहि गर्न सकिन भनेर बिदेश भासिन लागेका थिए अलिफ । तर जिवनमा कहिले कालो बादल त कहिले घाम भने जस्तै केही मिडियामा अन्तर्वार्ता दिए पश्चात् उनलाई धेरै दर्शकले गित गाएको मन पराए ।

यस्तै गायक अलिफ खानको“छुदिन म जाँले रुमाल“बोलको गित सार्वजनिक भएको छ । गायक तथा संगितकार अर्जुन पोखरेलको शब्द एरेन्जमा,नारायन काईलो को शब्द रहेको यस गित ञदि डिभाईन म्युजिकझ नामक युट्युब च्यानल बाट सार्वजनिक भएको हो । ईन्जामाम अलि खान र श्रेया सिटौला को अभिनयमा रहेको उक्त गितलाई विधान कार्कीले निर्देशन गर्नुभएको छ ।

गितको प्रतिक्रिया निकै नै राम्रो आएको देखिन्छ । गित छोटो समयमा यो समाचार तयार पार्दा सम्मन युट्युबको ट्रेडिङ नं २९ मा आईसकेको छ । १८ घण्टा मा १ लाख ३५ हजार ९ सय ४५ जनाले हेरिसक्नु भएको छ भने १७ हजार लाईक र २ सय डिसलाईक आएको छ । गित निकै नै उत्कृष्ट बनेको देखिन्छ । गितले अझै सफलता पाओस नेपाल ट्रेडिङ्गको तर्फ बाट धेरै धेरै शुभकामना ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 1 = five