जबसम्म मेरो श्वास चलिरहन्छ माझी वस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन(स्वेता खड्का)

काठमान्डौं : नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको झ्याँडीमा निर्माणाधिन एकिकृत माझी बस्तीको बारेमा आएका समाचारहरू सत्य नभएको बताएकी छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले माझी बस्तीका केही ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकीकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरु सम्प्रेषित भइरहेको भन्दै ती समाचारहरु सत्य नभएको दाबी गरेकी हुन्।

उनले ती समाचारहरुको यथार्थबारे स्पष्ट पार्दै जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन, भनेकी छिन्। मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रियाहरु पनि देखेको छु। तर जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु। खड्काले भनेकी छिन्।

उनको स्टाटस जस्ताको त्यस्तै:

माझीबस्ती : यथार्थ र भ्रम

निर्माणाधिन माझी वस्ती।
अहिलेका केहि दिनमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केही मिडियामार्फत भ्रामक समाचार सम्प्रेषण भईरहेका छन्। श्वेताले माझी बस्तीबाट हात झिकिन्,ु शीर्षकका ती भ्रामक समाचारसँगै माझी बस्तीका केही ब्यक्तिसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकीकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सूचना सम्प्रेषित भईरहेका छन्। यसरी प्रकाशित र प्रसारित यी समाचारको सत्यता र यथार्थतालाई यहाँहरू सामू स्पष्ट पार्न चाहन्छु।

३ वर्ष अगाडि माझी बस्ती निर्माणको लागि अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने साहस गरिरहँदा त्यो बेलामा मेरो अगाडि र पछाडि सहयोग गर्नेको लर्को थिएन। नत मसँग प्रसस्त धन नै थियो। थियो त केवल आत्मविश्वास अनि साहस।

भूकम्पले क्षतविक्षत भएको माझी बस्तीलाई सम्बन्धित सरकारी निकायलगाएत मनकारी दातासँग जोडिदिने एउटा कडीको रूपमा आफूले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा, शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घचघच्याएको थियो मलाई। त्यसकै परिणामस्वरूप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बागमती प्रदेश सरकारलगायतका सरकारी निकाय र बिभिन्न बैकिङ संस्था, मनकारी दाता तथा सहयोगी ब्यक्तिसँगको हात्तेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ।

भूकम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्तीको रूपमा यो बस्तीले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ुश्वेताले माझी बस्तीबाट हात उठाईन्ु भन्ने भ्रामक समाचार आउनु आफैंमा हाँस्यास्पद छ।

मैले यसलाई माझी बस्ती र म बिचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु। माझी बस्तीभित्रका केही ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर ‘श्वेताले भूकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ’ भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकि, राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कार नै हो।

५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषि सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेको छु। माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, बिभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाह्ररुलाई हतोत्साहित गर्ने अनी टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुई चार ब्यक्तिहरुलाई छानीछनी अन्तर्वाता लिएर एकीकृत बस्ती विकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्। यसलाई माझीटोलका अधिकांश ब्यक्तिले पनि राम्ररी बुझेका छन्। नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानीय युवाको जमातलाई सोध्दा हुन्छ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृया पनि देखेको छु। तर जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु। तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेको छ त्यसको बारेमा झिनो जानकारी समेत नलिई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज होरु यही आरोपलाई झुटो सावित गर्न म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्नेनै छु।

हिजो माझी बस्तीले आर्थिक अभाव झेलेर निर्माणको काम रोकिदै गर्दा चुईँक्कसम्म नबोल्नेहरू अहिले म तिर फर्किएर प्रश्न गर्दैछन्, ‘तैले त्यो बस्तीमा के योगदान गरिस्रु’ मैले बस्ती निर्माणको काम रोकिदै गर्दा ब्यक्तिगत रकम ३२ लाख दिएर काम सुचारू गरेको छु। बिभिन्न दाताले घरबाहेकका पुर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत माझी टोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौं पटक सिंहदरवार धाएको छु। कैयौं मिटिङ र झण्झटिलो कागजी प्रकृया पस्चात् मात्र माझिटोलमा सहयोगहरु पुगेको हो। बस्ती निर्माणका क्रममा आएका कैयन बाधासँग नडराइ अनी हरेश नखाई जुधेको छु।

जीवनमा कसैसँग हात फिँजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकीछु। तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन। मैले दातालाई मेरो फाउण्डेशनको खातामा पैसा आउनुपर्छ भनेर कहिल्यै भनेकी छैन।

माझीटोलकै उपभोक्ता समितिमार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु। विश्वाश छैन भने स्ठानीय उपभोक्ताको बैंक खाता र हाम्रो बैंक खाता केलाएर हेर्दा हुन्छ। हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौको कारोबार भएको देखिन्छ।

यो परियोजना माझीटोललाई जबर्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्ठानीय उपभोक्ता समितीसँग भलाकुसारी गर्नु पर्नेहुन्छ।

बस्ती निर्माण पूर्वनै ८ वटा घरको डिजाईन मध्येबाट हालको डिजाइन रोज्ने स्थानियवासीनै हुन्। नेपाल सरकारबाट भूकम्प पीडितले अनुदान स्वरूप पाउने ३ लाख रकम भित्रैबाट बन्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अतिनै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियवासिकै सहमतिमा हालको घरको डिजाइन तयार गरिएको हो।

घर निर्माणको लागि प्राविधीकले तयार गरेको अनुमानित लागत ८ लाख २५ हजार थियो। केही दाताले ढोकालगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्दता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन्। र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समितिनै हो।

सरकारी अनुदानबाहेक अन्य नपुग रकम ४ लाख ऋणस्वरूप लक्ष्मी बैंकबाट लिने भनेर साझा सहमति जुटाउने पनि स्ठानीय उपभोक्ता समितिनै हो। याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्तालाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ।

अतस् यहीँ प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पूर्व सहमति भएकै हो। घर बाहेकका नयाँ पूर्वाधारहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्यमा भने स्ठानीय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निकायसँग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमति जुटेकै हो।

आजका दिनसम्म पनि सोही सहमति अनुसार कार्य भएकै छ। अतस् घर निर्माणको पाटोमा ४ लाख ऋण बोक्नुपर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही ब्यक्तिले अहिले आएर आफूलाई ‘नयाँ घर घाँडो भएको’ भन्नु कतिसम्मको जायज होरु सार्वजनिक निजी साझेदारी ९एगदष्अि(एचष्खबतभ(एबचतलभचकजष्उ ० मोडालिटी अनुरुप जनताको पनि लगानी रहने गरी तयार गरिएको एकीकृत बस्ती विकासको यो मोडल ुदिगो बिकासु को सफल मोडल पनि हो।

ुएनजिओले सबै कुरा गरिदिनु पर्छु भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागीता र लगानीलाई आत्मसाथ गरिएको हो। ४ लाख ऋण बोकेका माझी परिवारले ऋण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तिको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ।

बस्ती निर्माणपूर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेको छ। ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरू छन्। त्यसो त, माझीहरूले बोकेको ऋणको भारी तिर्न होम स्टेु को परिकल्पना गरिएको छ जस्ले स्वरोजगार सृजना भई आम्दानीको स्रोत हुनेछ र ऋण तिर्नको लागि सहजता आउनेछ। यसको लागि भौतिक पुर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ।

अतस् दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यसको बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्यायसंगत होलारु

यतिखेर माझी टोलमा इट्टा र सिमेण्ट जडित भौतिक पुर्वाधार मात्र बनेका छैनन्। बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानीयवासिले आफूमा आएको मानसिक र बौद्धिक विकासको मूल्यांकन पनि गर्नुपर्ने हुन्छ। बनाएको घर भत्किन्छ तर मानसिक शसक्तिकरण कहिल्यै भत्किँदैन।

अतस् बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो। मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तीलाई सम्पन्न गर्ने जिम्मेवारी मेरोनै हो। म मेरो जिम्मेवारीबाट विमुख हुने छैन। ुमाझी टोलबाट हात झिकीु भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु( ‘जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्नेछैन।’ मेरो अन्तिम इच्छा ‘म मर्दा मेरो लासको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहीं गरिओस्।’

उही तपाईंकी छोरी र चेली

श्वेता खड्का

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

27 ÷ three =