अच्चम्मै भयो ! यी महिलाको आँखाबाट आँशु हैन बग्छ र गत, यस्तो छ का रण…

एजेन्सी : रातमा रगतको आँशु चुहाउने भनेपछि कुनै भुतकथाको सम्झना आउँछ । तर एकजना महिलाको हकमा भने यो कुनै कथा होइन, जीवनको दुखद यथार्थ बनिरहेको छ । ती महिलाले रातको दुई बजेदेखि बिहान ५ बजेसम्म रगतको आँशु चुहाउँछिन् ।

हवाई न्यूज नाउका अनुसार सुरुवातमा यी महिलाको हात तथा खुट्टामा रातो धब्बा आएका थिए । त्यसपछि उनका जोर्नीहरु दुख्न थाले । केही दिनपछि उनको ओठ फुटेर रगत बग्न थाल्यो । समस्या बढ्दै गयो र अन्ततः उनको आँखाबाटै रगत बग्न थालेको छ ।

लिनीकी आमा रातमा उनीसँगै सुत्ने गर्छिन् । कतै उनको आँखाबाट रगतका आँशु बगेका छन् कि छैनन् भनेर बारम्बार हेर्ने गर्छिन् ।अमेरिकाको हवाईमा बस्ने यी महिलाको नाम लिनी इकेदा हो । उनले झण्डै ३० जना डाक्टरलार्य उपचार गराइसकेकी छिन् तर समस्या कम भएको छैन । उनको रोगलाई गार्डनर डायमन्ड सिन्ड्रोम भनिन्छ ।

परिवारले साथ दिँदा आफ्नो आत्मविश्वास बढेको उनी बताउँछिन् । आँखाबाट रगत बग्दा आफुलाई दुखाइ महसुस नहुने भएपनि आँखा सुन्निने र केही जलन महसुस हुने लिनी बताउँछिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = 2