नसोचेको कुरा बाहिरियो:स्वेता खड्काको बारेमा बोले स्वं।श्रीकृष्ण श्रेष्ठका भतिज संजय श्रेष्ठ, के भन्छन् उनि ? (भिडियो सहित)

काठमाडौ :  नायीका श्वेता खड्काले दोस्रो विवाह गरेपछि अहिले उनी चर्चामा छन् । द्ध’ न्द्ध निर्देशक राजेन्द्र खड्कीले श्रीकृष्ण श्रेष्ठ र श्वेताको सम्बन्धका बारेमा सार्वजनिक गरेको एउटा अभिब्यक्तिले अहिले फेरी तरंग उत्पन्न गराएको छ । राजेन्द्र खड्कीले श्वेतालाई श्रीकृष्णले २ करोड रुपैया दिन्छु अर्को विवाह गर भनेर भनेको भन्दै सार्वजनिक अभिब्यक्ति दिए पछि अहिले फेरी यो कुरा चर्चामा आएको छ ।

यिनै कुरालाई लिएर अहिले श्रीकृष्ण श्रेष्ठका संजय श्रेष्ठले त्यसवारे प्रतिकृया दिएका छन् । संजय पनि कलाकार हुन् । उनले श्वेता र श्री कृष्णको बारेमा पनि बताएका छन् । उनले श्वेताले श्वेता श्री फाउण्डेशन दर्ता गर्नु अघि नै श्रीकृष्णको नाममा फाउण्डेशन दर्ता गरिसकेको पनि बताएका छन् । उनले राजेन्द्र खड्कीले सार्वजनिक गरेको अभिब्यक्तिका बारेमा पनि प्रतिकृया दिएका छन् ।

उनले श्वेतालाई दुई करोड रुपैया दिन्छु अर्कोसंग विवाह गर भनेर श्रीकृष्ण श्रेष्ठले भने नभनेको बारेमा आफुलाई थाहा नभएपनि उनीहरुको विवाहको बेलामा भने श्रीकृष्णको स्वास्थ्य खराब भइसकेको बताएका छन् । उनले भनेका छन्, काकाको स्वास्थ्यमा समस्या आइसकेको थियो । उहाँले असहज महशुष गर्नु भएको थियो । भारतमा उहाँको उपचार सुरु गरिएको थियो । त्यसैले विवाह केही पर सारौं भनेर भन्नुभएको थियो । तर त्यस्तो हुन सकेन । अस्वस्थ्यताको बावजुद उहाँको विवाह भएको हो । अस्वस्थ्य हुँदाहुँदै पनि श्रीकृष्णले नचाहँदा नचाहँदै श्वेतासंग विवाह भएको बताएका छन् ।

उनी त्यती बेला विवाह गर्ने मनस्थितिमा नरहेको उनको भनाइ छ । काका श्रीकृष्णको कुरा गर्दा निकै भावुक भएका उनले श्वेताको बारेमा भने धेरै टिप्पणी गरेनन् । उनले माझी बस्तीमा आफ्नो पनि लगाव भएको बताउँछन् । उनले श्वेतासंग त्यती धेरै कुरा नहुने पनि बताएका छन् । तर अहिले अवस्था फरक भएको उनको भनाइ छ । काकाको निधन पछि खासै राम्रो सम्बन्ध नभएको बताएका छन् । उनले श्वेताको विवाहको वारेमा फोनवाट जानकारी आएको भएपनि आफ्नो घरमा दाईको विवाह पनि त्यही समयमा भएका कारण जान नपाएको बताए । औपचारीक रुपमा श्वेताले भन्नु भन्दा अघि आफुहरुले मिडिया मार्फत विवाहको बारेमा जानकारी पाएको बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ six = one