झाङ्गिदै प्रेम,नीता र हरिहरको बैशाखमा विवाह चर्चा

काठमान्डौं : इटहरी नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारीको प्रेम चर्चा नेपाली मिडियाका लागि अब कुनै नौलो रहेन । उनीहरुले, सामाजिक संजालबाट नै प्रेम स्विकार गरिसकेका छन् । हरिहर र नीताको प्रेम सुरु भएको एक बर्ष बढी भयो । उनीहरुले बैशाखमा विवाह गर्न लागेको चर्चा पनि चलिरहेको छ ।

हरिहर र नीताले एक अर्कासँग पर्याप्त समय पनि बिताइरहेका छन् । कहिले पोखरा त कहिले मुम्बई पुगेर उनीहरुले समय बिताएको यस अगाडि पनि देखिएकै हो । उनै, हरिहर यतिबेला भने भारतमा छन् । नायिका ढुंगाना भोजपुरी चलचित्र ‘माही’को छायांकनका क्रममा आगरामा छिन् ।

नीता चलचित्रको छायांकन गर्न भारत पुगेपछि हरिहरलाई एक्लै समय कटाउन गाह्रो भएछ क्यारे । उनी पनि नीताले छायांकन गरिरहेको स्थानमा पुगेका छन् । नीताले सामाजिक संजालमा ‘तिमी आयौं बहार आयो’ भन्दै सामाजिक संजालमा स्टाटस लेखेकी छिन् । हरिहर आगरा पुगेपछि नीताको दैनिकीमा बहार आएको वुझ्न सकिन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = forty