वैशाखमा विवाह ब’न्धनमा बा’धिदै नायिका निता ढुंगाना ! हेर्नुहोस…

काठमाडौं : अभिनेत्री नीता ढुंगाना र ज्योतिष अभिनेता हरिहर अधिकारीबीचको अफेयर अब कुनै अनुमानको विषय रहेन । नीता ढुंगानाले भ्यालेन्टाइनको दिन हरिहरलाई जन्मदिनको शुभकामना दिएपछि दुवैको अफेयरको खबरले औपचारिकता पाएको छ । किनकि हरिहरको जन्मदिन फागुनमा हैन चैतमा पर्छ ।नीताले भ्यालेन्टाइनका दिन हरिहरलाई जन्मदिनको शुभकामना दिएर हरिहर र आफ्नो प्रेम सकारेकी हुन् । नीताले भ्यालेन्टाइनको यो संकेतलाई दरिलो बनाएका छन् हरिहरले ।

यतिबेला नीता भोजपुरी फिल्मको सुटिङको सिलसिलामा आगरामा छिन् ।‘माही’ नामको यो फिल्मको सुटिङ आगरा वरपरका लोकेसनमा भइरहेको छ । तर, फिल्ममा प्रेमी प्रेमिका एक अर्कालाई भेट्न आतुर भए झैं नीता र हरिहरलाई पनि एक डेढ महिनाको समय का’ट्न यति कठिन भयो कि नीतालाई पछ्याउँदै हरिहर यतिबेला भारत पुगेका छन् । यसको पनि पुष्टि नीता स्वयंले गरेकी छिन् ताजमहललाई पृष्ठभूमिमा राखेको खिचेको फोटो राखेर । फोटोमा उनले लेखेकी छिन्, ‘तिमी आयौ बहार आयो ।’

प्राप्त सूचना अनुसार हरिहर यतिबेला दिल्लीमा छन्, आ’गराबाट सालाखाला २ सय १२ किलोमिटर टाढा । रेलमा साढे तीन घन्टा । गाडीमा ५ घन्टा । हरिहरले त्यहाँ भेटिने नेपालीलाई आफू सं’स्कार टेलिभिजनमा ज्योतिषीय कार्यक्रम चलाउने सिलसिलामा दिल्ली आएको बताउने गरेका छन् । तर, हरिहरले लगाएकै चश्मा लगाएर नीताले फोटो पोस्ट गरेपछि हरिहर ज्योतिषको के कसो हो प्रेमको कार्यक्रम चैं पक्कै चलाउन आएका हुन् भन्ने पुष्टि गर्छ । त्यसमाथि नीताको ‘ब’हारवाला’ क्याप्सन ।

सूत्र भन्छ, नीता र हरिहर मायाको सिरियस मोडमा छन् र चाँडै विवाह गर्ने तयारी गरिरहेका छन् । ‘वैशाखमा विवाह गर्ने कुरा पनि सुनेको थिएँ । कति पक्का हो त्यो चैं थाहा छैन,’ स्रोतले भन्यो । हरिहर र नीताको चिनजान पुरानो भए पनि गत सालको कात्तिकमा वीरगन्जमा भएको ‘स्वर्णीम फिल्म महोत्सव’यता दुवैको मित्रता गा’ढा भएको थियो । यतिबेला हरिहर र नीताले सँगै नृत्य गर्नुका साथ अधिकांश समय साथ बिताएका थिए । वीरगन्जबाट फर्कंदा पनि नीता हरिहरकै गाडीमा काठमाडौं फर्किएकी थिइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ forty four = forty six