सुरज पण्डितको स्वर संगितमा रहेको“रेलको बाटो”गीतको अफिसियल भिडियो सार्वजनिक

काठमाडौं : यसअघि नै लोकप्रिय बनिसकेको ‘रेलको बाटो’को अफिसियल भिडियो सार्वजनिक भएको छ। कलाकार चिरञ्जीबी सापकोटाको मुख्य अभिनय रहेको गीत सार्वजनिक गरिएको हो।

कर्णाली प्रदेशको विकट मानिएको डोल्पा जिल्लास्थित से–फोक्सुण्डो ताल आसपासमा गीतको छायांकन गरिएको थियो। गीतमा कर्णालीको दुर्गम परिवेशलाई भिडियोमा देखाइएको छ।  यो गीतमा चिरञ्जीबी सापकोटासहित सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ।

यस्तै यस गितमा स्वर संगित सुरज पण्डितको रहेको छ भने गीतको शब्द लेखराज गिरीले लेखेका हुन्। भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। यसअघि यही गीतको छायांकनका लागि डोल्पाको शे फोकसुन्डो पुगेको कलाकारहरुको टोली हाई अल्टिच्युटको सिकार भएका थियो । पछि नेपाली सेनाको हेलिकोप्टरले बिरामीको उद्धार गरेको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = seven