पूजा र आकाशको टिकटक भिडियो रातारात भयो भाइरल (हेर्नुस् भिडियो)

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि माधव समूहले आकस्मिक बैठक बोलाएका हु्न् ।

शुक्रबार बालुवाटारमा माधव नेपाल पक्षले थाहै नपाई पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक महत्वपुर्ण निर्णय गर्दै ओली पक्षले सम्पन्न गरेपछि माधव नेपाल समूहले पनि आकस्मिक बैठक बोलाएका छन् ।

ओली पक्षले महासचिवबाहेकका पदाधिकारीहरु खारेज गर्ने र आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल(नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

यो पनि पढ्नुस्
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । शुक्रबार बालुवाटारमा माधव नेपाल पक्षले थाहै नपाई पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक महत्वपुर्ण निर्णय गर्दै ओली पक्षले सम्पन्न गरेको हो ।

सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाउने तयारी गरिएको छ । आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी खारेज गरेका छन् ।

ओली समूहले शुक्रबार माधव पक्षलाई थाहै नदिइ राखेको बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको छ ।

त्यस्त्ै कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ओली पक्षका नेताहरुमध्ये प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् ।

ओलीले आजको बैठकबाट विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकेका छन् । बैठकमा ओली पक्षले महाधिवेशनको मिति तोकेका छन् भने नेताहरूको महत्वपुर्ण जिम्मेवारी समेत तोकेको हो । बैठकले बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

कसले के पाए जिम्मेवारी ?

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । त्यस्तै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । सुवास नेम्वाङलाई प्रदेश १ को इन्चार्ज बनाएको छ भने, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएको छ ।

बैठकले विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मा दिएको छ । त्यस्तै विदेश विभागको जिम्मेवारी भने डा। राजन भट्टराईलाई दिएको छ । प्रदीप ज्ञवालीले प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीपाएका छन् भने स्कूल विभाग प्रमुखको जिम्मेवारी ओली आफैंले लिएका छन् ।

ओलीले अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बैठकमा दिएको जानकराी अनुसार नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने बताइएको छ ।

अर्को बैठक चैत ७ गतेका लागि तोएिको छ छ । आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि अर्को बैठकका लागि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × one =