ठुलो खुसिको खबर ! नेपाल दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल, नेपालभन्दा भारत ५२ स्थान पछाडि

एजेन्सी : नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औं स्थानमा परेको छ। राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वल्र्ड ह्याप्पिनेस रिपोर्ट–२०२१) को सूचीमा नेपाल ८७ औं स्थानमा परहेको हो। सन् २०१९ मा १०० औं स्थानमा रहेको नेपाल सन् २०२१ मा १३ स्थान माथि उक्लिएर ८७ औं स्थानमा परेको हो। नेपालले १० मा ५.२६९ अंक प्राप्त गरेको छ।

बितेका तीन वर्षमा गरिएको सर्वेक्षणका आधामा खुसी देशहरुको सूची निकालिएको हो। स्वस्थकर औसत आयु, सामाजिक सुरक्षा, सामाजिक स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको छ। अध्ययनले विशेष गरेर कोरोना महामारीले जनजीविकालाई पारेको असरमा जोड दिएको थियो।

नेपाल यसपटक दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल भएको छ। सूचीअनुसार नेपालको छिमेकी मुलुक भारत १३९ औं स्थानमा छ। अर्को छिमेकी मुलुक चीन ८४ औं स्थानमा छ। यस्तै, पाकिस्तान १०५ औं र बंगलादेश १०१ औं स्थानमा छ।

सूचीअनुसार यसवर्ष पनि फिनल्यान्ड खुसी भएका मुलुकको सूचीमा पहिलो नम्बरमा छ। फिनल्यान्डपछि क्रमशः डेनमार्क, स्वीटजरल्यान्ड, आइसल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्यूजिल्यान्ड र अष्ट्रिया छन्। उत्कृष्ट दशभित्र युरोपबाहिरबाट न्यूजिल्यान्ड मात्र अटाएको छ।

यस्तै, अफ्गानस्थान १४९ औं अर्थात सूचीको अन्तिम स्थानमा परेको छ। यस्तै, अफ्रिकाका थुपै्र मुलुकहरु सूचीको अन्त्यतिर छन्। सूचीमा विश्वको शक्तिशाली राष्ट्र मानिने अमेरिका १९ औं स्थानमा छ। एजेन्सीको सहयोगमा

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty eight − = sixty two