मुन्द्रे किन अटेनन्? दीपक दीपाको ‘धनियाँ के होली’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले नयाँ होली गीत सार्वजनिक गरेकी छिन् । नजिकिदै गरेको फागु पूर्णिमाको अवसर पारेर उनले ‘धनियाँ के होली’ बोलको गीत युट्युवमार्फत् सार्वजनिक गरेकी हुन् ।

दीपाश्री निरौला र सुमित खड्काको स्वरमा रहेको सो गितमा निरज श्रेष्ठले संगीत दिएका छन् । गितमा दीप नारायण राजवंशीको शब्द छ ।

दीपाश्रीले आफैंले निर्देशन गरेको सो गितको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको छ ।

भिडियोको छायाँकन हरि हुमागाँइले गरेका हुन् भने सम्पादन विपिन मल्लले र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् । उक्त गित ‘छक्का पञ्जा मिडिया’ नामक युट्युव च्यानलमा हेर्न सकिन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = 7