रचना रिमालले जीवनको पहिलो अवार्ड पाएकी छिन् हार्दिक बधाई तथा शुभकामना

काठमान्डौं : रचना रिमालले जीवनको पहिलो अवार्ड पाएकी छिन् हार्दिक बधाई तथा शुभकामना
रचना रिमाल अहिलेकी नाम चलेकी गायिका भित्र पर्छिन्। थुप्रै चर्चित गीतमा उनको स्वर छ। स्वरको जादूबाट नै उनी धेरैको मन पर्ने गायिका बन्न सफल भएकी छिन्।उनले गाएका गीत ‘फोटो फिरिममा’ निकै हिट भयो। त्यही गीतबाट उनको नाम पनि चर्चामा आयो। त्यही गीतबाट उनले जीवनकै पहिलो अवार्ड पाएकी छिन्। रचना दएशक स्रोताले अर्गानिक स्वर भएकी गायिका पनि भन्न रुचाउछन

मीठो स्वरकी धनी रचनाले नेपाल आइडल सिजन–३ मा भाग लिएर आफ्नो नयाँ परिचय बनाएकी थिइन्। अन्तिम आठसम्म पुग्न सफल उनले तीनपटकसम्म सबभन्दा धेरै भोट पाउने गायिका बनेकी थिइन्। ‘फोटो फिरिममा’ गीतबाट उनले नेशनल इन्टरटेनमेन्ट अवार्ड पाएकी हुन्। जीवनकै पहिलो अवार्ड पाउँदा उनी निकै खुशी भएकी छिन्।“लाखौँ दर्शक स्रोताको मायाकै कारण आज जीवनको पहिलो अवार्ड पाए। म एकदमै खुशी छु,” रचनाले भनिन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty two + = sixty eight