बलिउड नायक अक्षय कुमारलाई कोरोना पोजिटिभ

काठमान्डौं : बलिउड नायक अक्षय कुमारले आफूलाई कोरोना पोजिटिभ भएको बताएका छन् । भारतमा कोरोनाको दोश्रो लहर सुरु भएको छ । पहिलो लहरमा धेरै सेलिब्रिटीहरु होम क्वारेन्टाइनमा रहेका कारण पनि उनीहरुमा कोरोना संक्रमण देखिएको थिएन ।

तर, दोश्रो चरणको कोरोनाको लहर भारतमा देखिदा धेरै कलाकार चलचित्रको छायांकनमा व्यस्त छन् । यसैले, पनि उनीहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।

अक्षयले आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा आउने सबैलाई टेष्ट गर्नका लागि आग्रह गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘म सबैलाई जानकारी दिन चाहन्छु कि, मलाई कोरोना संक्रमण देखिएको छ । मैले सबै नियमलाई पछ्याइरहेको छु । मैले आफूलाई तुरुन्तै आइसोलेट गरेको छु । म होम क्वारेन्टाइनमा छु र डाक्टरको नियमित सम्पर्कमा पनि छु । मेरो सम्पर्कमा आएका सबैलाई टेष्ट गर्नका लागि आग्रह गर्दछु । म चाडै नै चलचित्रको छायांकनमा फर्किनेछु ।

भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै नायक रणवीर कपुर, आमिर खान, नायिका आलिया भट्ट लगायतका कलाकारलाई कोरोना पोजिटिभ देखिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− seven = one