मदनकृष्ण यूगान्डाकी गायिका वियोन्ससँग नयाँ गीत गाउने तयारीमा

काठमान्डौं कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा समावेश चर्चित गीत ‘फुलबुट्टे सारी’ लोकप्रिय भयो । यो गीत विभिन्न भर्सनमा रिलिज भयो । मदनकृष्णले भने लिजेन्डरी भर्सन अन्र्तगत यो गीतमा स्वर दिएका थिए ।

यो गीतलाई यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीले पनि गाइन् । उनले, स्वरले पनि लोकप्रियता हासिल गर्यो । गीत गाइसकेपछि मदनकृष्णले वियोन्ससँग भेट्ने इच्छा व्यक्त गरेका थिए ।

मदनकृष्णसँगको भेटमा वियोन्सले आफ्नो ठूलो सपना पुरा भएको बताएकी थिइन् । आफ्नो र वियोन्सको स्वरमा ‘फुलबुट्टे सारी’ लोकप्रिय भएपछि कलाकार तथा गायक मदनकृष्णले नयाँ गीत गाउने तयारी गरेका छन् ।

यो पनि पढ्नुहोस
मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’
सामाजिक संजालमार्फत जानकारी दिदै मदनकृष्णले लेखेका छन्–‘हामीले गाएको ‘फुलबुट्टे सारीलाई वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तरराष्ट्रियकरणको रुप लिएको महशुश गरिएको छ । अब, बियोन्स र म मिलेर एउटा यूगल गीत गाउने तरखरमा छौं । वियोन्सको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला किन नखाला खैं ।’

मदनकृष्णले गीत कस्तो प्रकृतीको हुनेछ भनेर खुलाएका छैनन् । तर, आम दर्शक तथा श्रोताले उनी र वियोन्सको स्वरमा नयाँ गीतको भने प्रतिक्षा गरिरहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 66 = seventy six