फेसबुकमा लभ परेर भेट्न जाँदा आफ्नै बुहारी परेपछी….

एजेन्सी । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । कुरू केहि समय अगाडिको हो चीनमा यस्तै भएको छ । कहिल्यै नभेटेका र नदेखेका जो कोही पनि फेसबुक मार्फत् साथी बन्न सक्छन् ।

अनलाइनमा साथी बनेर माया प्रेम समेत बसेपछि भेट्न जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास । चीनको हेलोगजियांग प्रान्तमा यो घटना भएको थियो । ससुरा बुहारी दुबैले आफ्ना पत्नी र पतिलाई छलेर फेसबुकमा कुराकानी गर्दर्थे ।दुबैले तस्वीर राखेका थिएनन् ।

नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे । ५७ वर्षे ससुरा वागं र बुहारी लिलीका बिच लामो समय सम्म फेसबुकमै कुराकानी भयो । कुराकानीका क्रममा वागंले आफु एउटा कम्पनीको कालीक भएको र श्रीमतीको मृत्यु भएको बताउँथे भने बुहारीले आफ्ना श्रीमान् जेल परेको बताउँथिन् ।

हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । यस्तै क्रममा उनीहरुका बीच एउटा होटलमा भेट्ने तय समेत भयो । लिलिका श्रीमान् घर बाहिर गएका थिए । श्रीमतीले अर्कै केटालाई भेट्न होटल जाँदैगरेको उनले श्रीमतीको उक्त फेसबुक एकाउन्ट चलाउँदा थाहा पाए ।

यो कुरा थाहापाएपछि उनी रंगेहात समात्न पुगे । लिलीले होटलको ढोका टक्टक्याउँदा ससुराले ढोका खेले । दुवै लाजले रातो पीरो । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो ।

लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ । एजेन्सी

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 3 = nine