नायक प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’को छायांकन सकियो !

काठमाडौं : चलचित्र ‘प्रकाश’को छायांकन सकिएको छ । जुम्लालगायत ठाउँमा गरिएको छायांकन सकेर सुटिङ युनिट काठमाडौं फर्किने क्रममा रहेको छ ।“४२ दिन लगाएर चलचित्रको छायांकन सकियो । अहिले हामी काठमाडौं फर्किने क्रममा नेपालगञ्ज विमानस्थलमा छौं,”

प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्रले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा भन्ने निर्देशक राउत बताउँछन् । प्रदीपको जोडी डेव्यू अभिनेत्री रेनु योगीसँग बाँधिएको छ । दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहेको छ ।

राजेश श्रेष्ठले खिचेको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको चलचित्रमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ ।

उत्तम न्यौपानेको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixteen = twenty four