कलाकार मदनकृष्ण श्रेष्ठले जिते कोरोना ,भाबुक हुदै दिए यस्तो टिप्स ( हेर्नुस् भिडियो)

काठमाडाैँ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमण जित्न सफल भएका छन्। कोरोना संक्रमणलाई पनि पराजित गर्दै उनी मेडिसिटी अस्प्तालबाट शुक्रबार साँझ डिस्चार्ज भएका हुन्।यसपटक संक्रमित भएपछि उनलाई ८ दिनअघि मेडिसिटीमा भर्ना गरिएको थियो।

८ दिनको अस्पताल बसाई पछि आफू निको भएर घर फर्केको उनले बताएका छन्। कलाकार श्रेष्ठले कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह गर्दै संक्रमणको जोखिमबाट बच्न जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन्। सांसारिक प्रलयका रुपमा आएको महामारीलाई पराजित गर्न सबैले एक अर्काको साथ दिनुपर्ने उनको भनाई छ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत दिएकाे भिडियो सन्देशकाे सार संक्षेप-आदरणीय दर्शकहरु । ८ दिन मेडिसिटीमा उपचार गरेर म डिस्चार्ज भएर घर आएको छ । खुशी लागिरहेको छ। अस्पतालको सेवा राम्रो थियो। तर यो दुःखको घडिको हो।

संसारलाई महासंकट पारेको र प्रलयको रुपमा आएको कोरोना कहरका बेला सबैलाई माया गरौँ । सबैको हित सोचौँ । केही छैन जिन्दगी… केही छैन… । शरीर फलाम जस्तो लाग्थ्यो पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । तर हावा रहेछ सबै शरीरमा केही रहेनछ।

त्यसैले कसैले पनि कसैलाई पोलिटिकल इख बिख पोखेर आफ्नो मनलाई फोहोर नबनाऔँ, बिन्ती छ। सबैले सबैलाई राम्रो गराैँ, भलाई सोचौँ, केही फाइदा छैन वैमनस्यता राखेर… । मनमा राक्षशीपन पलाउने हैन भगवान पलाउनुपर्छ । यो हामी सबैलाई थाहा भएको कुरा हो मैले खाली सम्भाउन मात्रै खाजेको हो।

यो कोरोनाले शरीर एकदमै गल्दो रहेछ। पहिलाको कोरोनाले इमिनिटी पावर जिरो बनाउने रहेछ तर इनर्जी रहिरहने रहेछ। तर अहिलेको कोरोना त्यसको ठीक उल्टो रहेछ। अहिलेको कोरोनाले इमिनिटी रहने तर इनर्जी पावर जिरो। शरीरमा इनर्जी नै छैन।

प्लेटको भात शुद्ध चम्चाले लिन नसकिने। मुखमा पुर्‍याउने त परको कुरा। मेरो परिवारका पाँचै जनालाई कोरोना संक्रमणले छोयो । पहिला त मलाई मात्रै भएको थियो । तर अहिले परिवारका कसैलाई बाँकी राखेन । सबैलाई झ्पाप्पै पार्ने रहेछ। परिवारमा कसैले कसैलाई वास्ता गर्न क्ने स्थिति थिएन ।

पानी तताएर दिने अवस्था थिएन ।म ८ दिन अस्पताल बसेर आए। मनमा भगवान भएका छिमेकीहरु पाएर म आफूलाई एकदम भाग्यमानी ठानिरहेको छु । मेरो परिवारका सदस्यहरुलाई उहाँहरुले ख्याल गर्नु भो। मिठोमिठो पकाएर खुवाउनुभयो। यस्तो सहयोग देशैभर हुनुपर्छ।

सबैले सबैलाई प्रेमका आँखाले हेर्ने।सबै मिलेर कोरोनालाई जित्नुपर्छ । अरु त के भनौँ र मास्क अत्यन्त जरुरी छ, मास्क

लगाउनुहोला । असुरक्षित ठाउँमा नजानु होला । सामाजिक दूरी कायम गर्नुहोला । साबुन पानीले बेला बेला हात धुनुहोला। भिडियो

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 6