
एजेन्सी-यूएस ओपन टेनिसको सेमिफाइनलबाट सेरेना विलियम्स बाहिरिएकी छिन् । सेमिफाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कासँग पराजित भएपछि सेरेना बाहिरिएकी हुन् ।
न्युयोर्कमा भएको खेलमा २४ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले पहिलो सेट ६÷१ ले आफ्नो बनाएकी थिइन् । तर, त्यसपछिका सेटमा भने पराजित भईन् ।
३१ वर्षिया अजारेन्का तेस्रो पटक युएस ओपनको फाइनल पुगेकी हुन् । अब अजारेन्काले उपाधिका लागि जापानी खेलाडी नाओमी ओसाकासँग खेल्ने छिन् ।
Facebook Comments Box