यो के भयो ? कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना गरिएको छ । अक्सिजन लेवलमा कमी आएपछि उनलाई पुनः अस्पताल लगिएको हो ।आठ दिन अस्पतालमा उपचारपछि गएको आइतबार मात्रै घर फर्किएका उनलाई भोलिपल्टै फेरि अस्पताल लगिएको उनकी छोरी सराना श्रेष्ठले बताइन् ।

“बुवा डिस्चार्ज भएर घरमा एक रात मात्रै बस्नुभयो,” उनले भनिन्, “अक्सिजन लेवल ८४ मा झरेपछि भोलिपल्ट नै फेरि अस्पताल लग्नुपर्‍यो र अब अझै केही दिन अस्पतालमा राखेर उपचारमा बस्नुहुन्छ ।”मदनकृष्णलाई दोस्रोपटक अस्पताल भर्ना गराउन खोज्दा आफूहरुले समस्या भोगेको उनले सुनाइन् ।

“बुवालाई दोस्रोपटक अस्पताल भर्ना गराउन निकै गाह्रो भयो । हामीले एम्बुलेन्सलाई बिहान १०ः३० तिर फोन गरेका थियौँ, आउँदा ३ः३० भइसकेको थियो,” उनी भन्छिन्, “कारण, बेड मिलाउन त्यत्रो समय लागेछ । कति ठाउँमा कुरा गर्दा बल्ल मिल्यो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = 2