गायक घमेश दुलालको सन्देशमुलक गीत “माक्स खै” सार्वजनिक (भिडियो सहित)

काठमान्डौं : पछिल्लो समयमा को,रोनाले त्रास भईरहेको अवस्था छ । लकडाउनले गर्दा सबै चिज ठप्प छ । जसका कारण ब्यापारी र कलाकारहरुलाई बढी मर्का परेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारीमा कलाकारहरुको लागी केही गर्न सकेको छैन । दैनिक जसो स्टेज कार्यक्रममा हिडेर आयआर्जन गर्ने कलाकारहरुलाई त झनै पिडा भएको छ ।

कतिपय कलाकारहरु रोकले भन्दा भोकले मरिन्छ की भन्ने त्रासमा छन् । कतिपय कलाकारहरु संक्रमित भएर निको पनि भईसकेका छन् । स्टेज कार्यक्रममा हिडिरहने कलाकारहरु पनि यती बेला घरमै सुरक्षित भई बसेका छन् । यस्तो महामारीमा पनी एक पछि अर्को कलाकारहरुको गीतहरु बजारमा कसरी ल्याउने भन्ने होडबाजी नै चलेको छ ।

सोही क्रममा कोरो,नाको महा,मा,रीमा नेपाली जनताहरुलाई सन्देश दिनका लागी नेपाली जनताहरुको हित हुने खालको गीत “माक्स खै” सार्वजनिक भएको छ । यस गीतले सबैले माक्स प्रयोग गरौं, स्यानिटाईजर प्रयोग गरौं, कोरोना देखी सचेत होऔं, घरमै सुरक्षित बसौं भन्ने जस्ता अनेकौं सन्देश प्रवाह गर्न खोजेको छ ।

यस गीतमा लोकप्रिय गायक घमेश दुलाल, रोजिना बस्नेत, आभा आर।को स्वर रहेको छ । गीतमा बहुप्रतिभाशाली ब्यक्तित्व प्रभाबन जे को शब्द, संगीत र एरेञ्ज रहेको छ । सो गीतलाई रोनिश तामाङले छायांकन गरेका हुन् भने कृष्ण गौतमले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा दिपा गौतम, दिपेश गौतम, भमा गौतमको अभिनय रहेको छ । यस गीतलाई डि।ए।आर। मुभिजको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy eight − 70 =