अक्सिजनका लागि कलाकार नाजिर हुसेनले दिए एक लाख

काठमाडौंँ : अभिनेता नाजिर हुसेनले कोरो,ना संक्र,मितका लागि अक्सिजन जुटाउन एक लाख सहयोग गरेका छन् । उनले महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् ।

संस्थाले महा,मा,रीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र को,रोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

‘दर्शकको साथ र मायाले आफु अहिलेको स्थानमा आउन सफल भएको हो’ नाजिरले भने ‘दर्शकलाई को,रोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्न सक्दिन ।’ नाजिरले आफुले आगामी दिनमा पनि सक्दा सहयोग गर्ने बताउँदै सबैलाई पनि सक्दो सहयोग गर्न आग्रह गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

27 − = seventeen