ईन्द्रेणिकी बाल गायिका नविना केसीको पहिलो गित “खुसी गुमेको” सार्वजानिक

काठमान्डौं । चर्चित कार्यक्रम ईन्द्रेणीबाट लाखौ दर्शकहरुको मन मुटुमा बस्न सफल पछिल्लो समयकी भाईरल बाल गायिका नबिना केसीको पहिलो सांगीतिक कोसेली “खुसी गुमेको” भिडियो सहित सार्वजनिक भएको छ । यस गीत उनै ११ बर्षिय चर्चित बाल गायिका नबिना केसीको कथामा आधारित बनाएर निर्माण गरिएको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

३ वर्षकै उमेरमा आफ्नो बुवा गुमाएकी केसीको वास्तविक जीवन कथामा आधारित यस गित साच्चै मर्म,स्पर्शी बनेको छ । उनै बाल गायिका नबिना केसी ३ बर्षकी हुँदा अज्ञात समुहद्धारा उनको बुवाको ह,त्या भएको थियो । उनको बुवाको ह,त्या,राहरु अझै पत्ता लगाउन नसकेको अवस्था छ । अहिलेका बाल प्रतिभाहरु मध्ये सबै भन्दा उत्कृष्ठ प्रतिभाको उपाधी पाईसकेकी नविनाको आवाजमा एक किसीमको जाँदु नै छ ।

यस गीतलाई लेकबेशी खबरको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गितमा नबिना केसी सँगै गायक दिपेन्द्र पौडेल र चक्र अभिरलको समेत आवाज रहेको छ । गितको शब्द पनि दिपेन्द्र पौडेलले लेखेका हुन् भने संगीत चक्र अविरलले गरेका हुन् । यस गितको एरेन्ज यम थापा मगरले गरेका हुन् । सो गीतको भिडियोलाई गायक तथा सञ्चारकर्मी प्रियजन राईले निर्देशन गरेका हुन् ।

बिक्रम कार्कीले छायांकन गरेको यस गीतलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा टिका बहादुर श्रेष्ठ, हरी ढकाल, सञ्चिता गुरुङ, प्रकाश बराईली “अभिब्यक्ति”, सृजना लम्साल, राजु रिजाल, मिठ्ठु थापा, प्रमोद भट्ट, दिपक गुरुङ, रबिन दोङ, गोर बहादुर कार्की, सुजन ठकुरी, कमल खनाल, बासुदेब भट्ट, रेखा खनाल, पुजा खत्री, अर्जुन जंग थापा, मञ्जु केसी, मैया थापा, मनिता श्रेष्ठ, चन्द्र प्रकाश श्रेष्ठ, धन माया श्रेष्ठ, निशा कार्की, स्मृती कार्कीको अभिनय रहेको छ भने बाल कलाकारहरुको रुपमा अभिशा भट्ट र मीनदप श्रेष्ठ रहेका छन् ।

समग्रमा भिडियो एकदमै उत्कृष्ठ बनेको छ । यस गीतले कत्तीको सफलता पाउने भन्ने कुरा दर्शकहरुको हातमा रहेको छ । त्यसको परिक्षा हुनै बाँकी छ ।

गितको म्युजिक भिडियो तल क्लिक गरेर हेर्नुहोला:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty four + = forty four