हजारौ युवालाई भुतुक्कै पार्ने रीमा विश्वकर्माको आफ्नै स्टाइल, हेरौँ १५ तस्बिर

काठमान्डौं : मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रीमा अभिनयमा खासै जम्न सकिनन् । बरु उनी होस्टको रूपमा भने निकै चर्चित बनिन् । उनी खास गरेर ‘नेपाल आइडल’ को होस्ट बनेका कारण चर्चामा छिन् ।

रीमाले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । आफ्नो सुन्दर रुपमा कारण चर्चामा रहने उनी म्युजिक भिडियोमा पनि देखिने गरेकी छन् ।

उनले ऋतु, भिसा गर्ल, भाले फाइट लगायतका फिल्ममा अभिनय गरेकी छिन् । साथै उनलाई कोहलपुर एक्सप्रेसको एक गीतमा पनि देखिएको थियो । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै रमाउने गर्छिन् । उनले आफ्नो जीवनका प्रायः इभेन्टलाई सामाजिक सञ्जालमा शेयर गरेकी हुन्छन् ।

नायिका रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छिन् । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै रीमाले आफ्नो बिहेको प्रसंग कोट्याएकी हुन् ।

संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले भनिन्–‘अब बिहेको कुरा गर्दा हुन्छ । बिहेको कुरा गर्ने बेला भैसकेको छ ।’ तर, उनले दोश्रो बि,हे,को योजनाको बिषयमा भने केही पनि बताइनन् ।

संचारकर्मीले बिहेको प्रसंग कोट्याउँदा निर्देशक विशाल भण्डारीले बिहेको कुरा गर्दा रीमा उठेर हिड्न सक्ने बताएका थिए । त्यसको जवाफ दिदै उनले अब बेला भएको बताएकी हुन् ।

रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि बताइन् । यस बिषयमा उनले भनिन्–‘हामी कोही पनि हरेक कुरामा पर्फेक्ट छैनौं । कहिलेकाही हामी कमजोर महशुश गरिरहेका हुन्छौं । हो, यस्तो बेलामा साथ दिने साथीको आवश्यकता पर्छ । यही नै मेरो विचारमा अर्थपूर्ण सम्बन्ध हो ।’

बिहे कहिले गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘जब मलाई गर्नुपर्छ भन्ने लाग्छ अनी गर्छु । तर, मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन ।’ रीमाले बिहे गरेको २ बर्षमा उनको डिभोर्स भएको थियो ।

हामीले सामाजिक सञ्जालमा रीमाले शेयर गरेका केही सुन्दर तस्वीर प्रस्तुत गरेका छौँ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 3 = thirteen