नायक दिलिप रायमाझीको छोरी दिव्या राइमाझीको ब्यापक सुन्दरताको चर्चा ! हेरौं १४ तस्विर

काठमान्डौं : चलचित्र जगतका चर्चित नायक दिलिप रायमाझीको छोरी दिव्या राइमाझीको चर्चा अहिले चलचित्र बजारमा निकै चलेको पाइन्छ । जवान भैइसकेकी दिब्या सामाजिक सञ्जालमापनि निक्कैनै अपडेट हुन थालेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा आफ्नो सन्तानलाई डेब्यु गराउने प्रचलन चलिआएको छ । चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु चलचित्र क्षेत्रमा देखिन ट्रेण्डनै चलेको छ ।

चर्चित अभिनेता भुवन के.सी ले अनमोल केसिलाई डेब्यु गराए । यस्तै पछिल्लोपटक अभिनेत्री झरना थापाले छोरी सुहानालाई डेब्यु गराईन, डेब्यु चलचित्रले राम्रो ब्यापार गर्न सफल पनि भयो ।

हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्या सुन्दरता र फिगरको चर्चा पनि निक्कै नै छ ।

तर दिब्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल भने भएको छैन ।

अभिनयमा इच्छुक रहेको दिब्याले अहिल्यै डेब्यु गर्ने नगर्ने बारे उनले आधिकारिक जानकारी दिन बाँकी रहेको बुझिएको छ ।

कुनै समयका निकै लोकप्रिय नायक दिलिप रायमाझी पछिल्ला दिनहरुमा आफुपनि अभिनय यात्रामा फेरी एक पटक सक्रिय हुन थालेका छन् ।

उनले जिन्दगानी, दर्पण छायाँ, मितिनी, लगायतका बहुचर्चित फिल्म खेलेर लामो समय चर्चा बटुलेका थिए । अहिलेसम्म अभिनय यात्रामा नदेखिएकी दिब्या चलचित्रमा आउने हल्ला नचलेको भने होइन ।

तर दिलिपकी छोरी दिब्या अहिले अमेरिकामा पढ्दै छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = 3