पूर्व युवराज पारसले यसरी दिए हिमानीलाई जन्मदिनको शुभकामना

काठमाडौं : पूर्व युवराज्ञी हिमानी शाहलाई पारस शाहले ४५ औं जन्मजयन्तिको अवसरपारेर शुभेच्छुक शुभचिन्तकले शुभकामना दिएका छन् । ४५ औं जन्मजयन्तिको अवसरपारेर शुभेच्छुक शुभचिन्तकले शुभकामना दिइरहँदा पूर्व युवराजसमेत रहेका पारसले शुभकामना दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले हिमानीको तस्वीर राख्दै जन्मदिनको शुभकामना दिँदै सधै मनाउनु भन्ने शुभकामना दिएका छन् । पूर्व युवराज पारश र पत्नी हिमानी बीचको सम्बन्धमा दरार उत्पन्न भएको समाचारहरु सार्वजनिक भइरहँदा शाहले जन्मदिनको अवसर पारेर शुभकामना दिएका हुन् ।

केही वर्ष पहिला थाइल्याण्डमा एक महिलासँग पारस बसेसँगै हिमानी र उनीबीचको सम्बन्ध चिसिएको थियो । पछिल्लो समय मोडल सोनिका रोकायसँगै पारस शाह जोडिएका थिए । सोनिकासँग पोखरा रमाइरहेका उनी पछिल्लो समय लकडाउन भएसँगै केही साथीहरुलाई साथ लिएर मस्ती गरिरहेका छन् । विभिन्न होटलमा पार्टी गरेका भिडियो उनले लाइभ गरिरहेका हुन्छन् ।

त्यसोत पारसको निर्मल निवासमा आउजाउसमेत नरहेको बताइने गरिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह, कोमल शाह र हिमानीसहित पारसका छोरा छोरी निर्मल निवासमा बस्दै आएका छन् । तर पारस भने पोखरामा बस्ने गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty five = seventy two