छोटो समयमै शिब परियारको “सुनको चन्द्रमा” गीत चर्चामा (भिडियो सहित)

काठमाडौं : लोकप्रिय गायक शिब परियारको नयाँ सांगीतिक कोसेली “सुनको चन्द्रमा” भिडियो सहित सार्वजनिक भएको छ । यस गीतमा उनै लोकप्रिय गायक शिब परियार र रचना रिमालको स्वर रहेको छ भने पुष्प आचार्यको शब्द र दिपक शर्माको संगीत रहेको छ ।

शंकर बिसीको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतमा दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा शंकर बिसी, शोभित बस्नेत, दिपा दमन्त, उत्सब अधिकारी, डा. प्रतिक्षा पौडेलको अभिनय रहेको छ । सो गीतलाई शिब परियार कै आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

छोटो समयमा गितले राम्रो सफलता पाएको देखिन्छ । गितले सोचेझै सफलता पाओस नेपाल ट्रेडिङ्ग को तर्फबाट धेरै शुभकामना ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + two =