सुन्दरताको कारण भाईरल बनिन् कान्तिपुर टिभीकी समाचार वाचिका (हेरौं फोटो फिचर)

काठमान्डौं : पछिल्लो समय सामाजिक सञ्जालमा बेला बेला केहि न केहि भाईरल भैरहेका छन् । सामान्य व्यक्ति देखि कहिले कलाकार, कहिले पत्रकार, कहिले बाबाजी लगायत अन्य धेरै कुराहरु भाईरल भैरहेका छन् । यस्तैमा हालै समाचार बाचिका सामाजिक सञ्जालमा भाईरल भैरहेकी छन् । उनि सौन्दर्यताको कारण भाईरल भैरहेकी छन् ।

भाईरल हुदै गरेकी उनि कान्तिपुर टेलीभिजनमा समाचर प्रस्तोताको रुपमा कार्यरत छिन । उनि हुन् श्री पाण्डे । खोजि गर्दै जादा उनि टिकटकमा पनि लोकप्रिय रहेको पाईयो । उनलाई टिकटिकमा फलो गर्नेहरु झण्डै ५ लाखको हाराहारीमा छन् भने उनले हालेका टिकटकहरुमा लाखौ भ्युज आएका छन् ।

श्री समाचार वाचिका मात्र नभएर एक राम्रो मोडल पनि हुन् । हिमालय टेलीभिजनबाट समाचर बाचन सुरु गरेकी पाण्डेले अहिले कान्तिपुरमा समाचार बाचन गछिन् । उनि करिब ३ बर्षदेखि समाचर बाचन गर्दै आएको छिन् । सानैदेखि क्यामाराको अगाडि काम गर्ने रुचाउने श्री अत्यन्तै सुन्दर पनि छिन् । उनले समाचार भन्दै गर्दाको तस्विरहरु सामाजिक संजालमा यतिबेला छ्याप्छ्याप्ती भेटिन्छन ।

सानै देखि समाचार भन्ने सपना बोकेकी श्रीले करिब ४ बर्ष अगाडि म्युजिक भिडियोबाट मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले केहि म्युजिक भिडियोमा समेत काम गरिन तर त्यसबाट उनलाई खासै खुशिको अनुभव भने गरिनन् । उनले अभिनय गरेको महसुस तिम्लाई गर्छु गीतलाई कमल खत्री र आरके खत्रीले गाएका छन् भने प्रचण्डकी नातिनी ले गएको भुर्र भुर्र बोलको गीत लगाएतका भिडियोमा पनि उनको कुशल अभिनय देख्न सकिन्छ ।

साइन्स पढेको भएता पनि उनि काठमाडौं एमबीबीएस पढनको लगि आएपछि उनि आफ्नो रुचिको क्षेत्रमा लागिन र अहिले सफल समेत बनिन् । श्री अहिले नेपालका टप लिडरहरु सगंको टक सो चलाउने तयारीमा छिन् । हामीले उनका केहि तस्बिर सामाजिक संजालबाट लिएर प्रस्तुत गरेका छौँ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty seven = seventy five