पल शाह संग प्रेम चर्चामा रहेकी गरिमा शर्माको “पहिलो भेट” सार्वजनिक (भिडियो हेर्नुस)

काठमान्डौं : चितवनकी गरिमा शर्मा टिकटकबाट चर्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् ।

नम्र स्वभावकी गरिमा सानैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले सजिलो बनाईदियो । यससँगै गरिमाले दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् र यतिबेला उनी म्युजिक भिडियोहरुका लागि टप टेनको रोजाईमा पर्ने महिला मोडलहरुको सुचिमा पर्दछिन् ।

यसैबिच साँगीतक क्षेत्रमा बिशेष प्रेम भएकी गरिमाले आफ्नो अफिसियल युटुब च्यानलबाट पहिलो भेट नामक गीत दर्शक र श्रोता माँझ ल्याएकी छिन् । गरिमाकै लगानी रहेको उक्त गीतमा अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको छ भने नविक कार्कीको सँगीत हरेको छ ।

गीतको लिरिकल भिडियो बाहिरिएको हो । दर्शक र श्रोताहरुको माया पाए चाँडै नै यस गीतको भिडियो नै निर्माण गर्ने सोचमा रहेकी गरिमा युट्युब च्यानललाई माथि ल्याउन पनि बिभिन्न रमाईला भ्लग र गीतहरु दर्शक माँझ ल्याउँदैछिन् । गरिमाको नयाँ गीत हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty two ÷ fifty two =