“शोकले मरिन्छ कि भोकले” भन्दै लोकप्रिय मोडल शिवन पोखरेल (भिडियो सहित)

काठमान्डौं : पछिल्लो समय दोस्रो भेरियन्टका कारण बिश्व आक्रान्त भईरहेको अवस्था छ । कोरोना कै कारण धेरै नेपालीहरुको ज्यान गएको छ । कतिपय नेपालीहरु कोरोना सँग लडिरहेका छन् । कतिपय संक्रमितहरु अस्पतालमा जाँदा बेड नपाएको संक्रमित बिरामीहरुको गुनासो पनी छ ।

कतिपय संक्रमितहरु होम आईसोलेशनमा बसेको खवर सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । नेपालमा लकडाउनको बेला अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन नेपाल सरकारले अनुरोध गरेको छ । लकडाउनमा बाहिर निस्कने नियम पालना नगर्नेलाई नेपाल प्रहरी कडा कारबाही पनि गर्ने गरेको थाहा पाईन्छ ।

कतिपय बिरामीहरुले अक्सिजनको अभावमा अकाल्मै ज्यान गुमाउनु परेको अवस्था छ । सोही कुरालाई मध्यनजर गर्दै गायक सुजन बराईलीको कोरोना बिशेष गीत “शोकले मरिन्छ की भोकले” भिडियो सहित सार्वजनिक भएको छ । यस गीतमा सुजन बराईलीको स्वर रहेको छ भने पत्रकार एबं गीतकार प्रकाश बराईली अभिब्यक्तिको शब्द, चर्चित गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत रहेको छ ।

यस गीतलाई पछिल्लो समयका चर्चित एरेञ्जर रमेश सेञ्चुरीले एरेञ्ज र मिक्सिङ गरेका हुन् । पत्रकार एबं गीतकार प्रकाश बराईली अभिब्यक्तिको निर्देशन तथा छायांकन रहेको गीतको भिडियोलाई बिरेन्द्र भाट बिपिन ९वल्र्ड कभर मिडिया प्रा।लि।० ले सम्पादन गरेका हुन् ।

उक्त गीतको भिडियोमा लोकप्रिय मोडल शिवन पोखरेल र नारायण सारुको अभिनय रहेको छ । सो गीतलाई मल्लाजी म्युजिक प्रा।लि। ले बजार ब्यवस्थापन गरेको छ भने म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरले दृश्य निर्माण गरेको हो ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty ÷ 10 =