विवाह भएको ९ वर्ष पछि २८ वर्षकी महिलाले जन्माइन् एकै पटक ५ शिशु, नेपालकै पहिलो घटना

काठमाडौँ । काठमाडैको थापाथली स्थित अस्पतालमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षिया सोनिका तामाङले एकै पछक पाँच शिशु जन्माएकी हुन् । अस्पतालमा उनको शल्यकृया गरी ५ शिशु निकालिएको छ । महिना पुग्नु अगावै महिलालाई सुत्केरी वेथा लागेको थियो । गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले सोनिकाको शल्यकृया मार्फत ५ शिशु निकालेका हुन् । गर्भमा रहेको ५ शिशु मध्य एक शिशु मृ त अवस्थामा निकालिएको हो । चिकित्सकले यस अघि सोनिकाको पेटमा ४ शिशु रहेको बताएका थिए । तर शल्यकृया गर्दा ५ शिशु देखेपछि चिकित्सक पनि अचम्म परेका थिए ।

थापाथलीमा पुग्दा उनले आफ्नो पेटमा ४ वटा शिशु रहेको र त्यस मध्य एउटा मृ त भएको बताएकी थिइन् । मृ त शिशुका कारण अन्य जीवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको अस्पतालले जनाएको छ । उनका अनुसार मृ त शिशुबाट निस्कने खराब रसायन (डीआईसी)ले अन्य शिशुको वृद्धि(विकासमा असर गर्ने भएकाले अन्य शिशुको ज्यान पनि जोखिममा थियो । गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना चिकित्सकले गरेको भएपनि उनलाई बेथा लागेका कारण शल्यकृया गरिएको चिकित्सकले जनाएका छन् । जन्मिएका जिवित ४ शिशुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । उनीहरुको तौल भने कम छ ।

जन्मिएका सबै शिशु छोरी हुन् भने मृ त छोरा थिए । शिशुहरुको तौल १।८, १।९, १।६ र ८०० ग्रामका छन् । जीवित जन्मिएकामध्ये तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआईसीयू राखेर उपचार गरिएको चिकित्कसले बताएका छन् । विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतीले सन्तान जन्माएका हुन् । यसअघि नेपालमा महिलाले एकैपटक चार जनासम्म शिशु जन्माएकी छन् । त्यो भन्दा बढी बच्चा एकै पटक जन्मिएको रेकर्ड नेपालमा भने छैन । यो विश्वमै निकै दुर्लभ घटना हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

10 × one =