माया होस त यस्तो, सुशान्तको सपना पुरा गर्दै अंकिता

काठमाडौ । सुशान्तको निधन भएको लगभग ३ महिना हुन लागेको छ । उनको अप्रत्यासित निधनले विश्वभर रहेका उनका फ्यानहरु आश्चर्यचकित बनेका छन् भने सीबीआई उनको मृत्युको प्रकरणको बारेमा बुझ्न लागिपरेका छन् । सुशान्तकी पुर्व प्रेमिका अंकिता लोखण्डेले सुशान्तको परिवारलाई पुर्ण रुपमा साथ दिइरहेकी छिन् ।

अहिले अंकिता सुशान्तको सपनाहरु पुरा गर्न लागेकी छिन् । आइतबार साँझ अंकिता गार्डेनमा भेटिइन् । त्यहाँ उनलाई पापाराजीले घेरे र अनेकौं प्रश्नहरु तेर्साउन थाले । अंकिताले सुशान्तको धेरै सपनामध्ये हजार ओटा बिरुवा रोप्ने सपना पुरा गर्न आएको बताइन् । उनको यो कुरा सुनेर फ्यानहरु निकै खुशी भइरहेका छन् । अंकिता र सुशान्तको दिदी स्वेता कृति सिंहले Plants4SSR भनेर अभियान चलाएका छन् । जस्लाई साथ दिन विश्वभर रहेका फ्यानहरुलाई आग्रह गरेका छन् ।

यसरी छुट्टिएका थिए :

टेलिभिजन क्षेत्रको चर्चित नाम हो मानव र अर्चना ! जी टिभीबाट प्रसारण भएको “पवित्र रिश्ता” बाट यो जोडीको चर्चा घरघरमा भयो । उनीहरु रिल र रियल लाईफमा पनि एकदमै नजिक भए । सुशान्त सिंह राजपुत र अंकिता लोखन्डेबाट मानव अर्चना भए ।उनीहरुलाई रियल भने रिल नामले चिन्न थाले । बिस्तारै उनीहरुको प्रेम झांगिन थाल्यो । उनीहरु सेटमा पनि नजिक हुन थाले । एकजना दुईजना हुदै मानव र अंकिता प्रेममा छन् भनेर व्यापक हल्ला भयो । उनीहरुका फ्यानहरु एकदमै खुशी भए । बिस्तारै मानव टेलिभिजन छाडेर फिल्म क्षेत्रमा फड्को मारे । उनीहरु लिभिङ् टुगेदरमा बस्न थाले । अंकिताले आमाले भन्दा बढी माया गरेर राखिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + 5 =