रिया चक्रवर्तीलाई यस्ता सर्त राखेर छोडियो, उनका भाई अझै हिरासतमै

काठमाडौ । सुशान्त सिंह राजपुतको निधनको घटनामा ड्र ग्स कनेक्सन देखिएपछि अनुसन्धानका लागि पक्राउ परेकी रिया चक्रवर्ती अदालतवाट छुटेकी छन् । उनी सुशान्तकी प्रेमिका हुन् । सुशान्तका वुवाले दिएको उजुरी पछि रियालाई प्रहरीले पक्राउ गरेको थियो । ड्र ग्स को कनेक्सन देखिएपछि एनसीबीको हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्ती जमानतमा छुटेकी हुन् ।

रिया सुशान्तकी प्रेमिका भनेर आफुलाई दावी गरेकी थिइन्। मुम्बईको उच्च अदालतले चक्रवर्तीलाई जमानतमा छाडेको भारतीय संचारमाध्यमले जनाएका छन्। यद्यपी उनका भाई सौविक चक्रवर्ती भने अझै हि रा स त मा छन्। उनको जमानत अदालतले अस्वीकार गरेको हो।

सीआईबीले सुशान्तको निधनको घटनाबारे अनुसन्धान गर्दै जाँदा त्यहाँ ड्र ग्स को विषयहरु खुल्न थालेपछि भारतको एनसीबीले रियासहित उनका भाईलाई हिरासतमा लिएको थियो। प्रहरीले अन्य एक दर्जन कलाकारहरुसंग पनि सोधपुछ गर्दैछ । अभिनेत्री दीपिका पादुकोण लगायत केही नायीका र साहरुख खान लगायत नायकको नाम पनि सो घटनामा जोडिएको छ । दीपिका लगायत ३ नायीकासंग वयान लिइसकेको छ ।

रियाको च्याटबाट सुशान्तले ड्र ग्स लिने गरेको र ओ सा र प सा र गर्ने गरेको पाइएको थियो। यस कार्यमा रियाका भाई पनि संलग्न भएको बताइएको छ। एनसीबीले दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपुरजस्ता चर्चित कलाकारलाई सुशान्त र ड्र ग्स का बारेमा सोधपुछ गरेको थियो। रिया जमानतमा छुटेपनि उनलाई अदालतले केही सर्तहरु प्रस्तुत गरेको छ। जसअनुसार रियाले अदालतको आदेश बिना देश बाहिर जान पाउने छैनन्।

अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दीपेश सावन्तलाई पछि जमानतमा छाडेको बताइएको छ। तर ड्र ग डिलर भनिएका अब्दुल परिहाकलाई भने जमानतमा छाड्न अस्वीकार गरिएको छ। एजेन्सी

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty four + = forty one