
एजेन्सी । जापानकी खेलाडी नाओमी ओसाकाले निकै प्रतिस्पर्धात्मक खेलमा भिक्टोरिया अजारेङ्कालाई हराउँदै यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २-१ को सेटमा पराजित गरेर तेस्रो ग्रान्डस्लामको उपाधि जितेकी हुन्। उनको यो तेस्रो ग्रान्ड स्लाम उपाधि हो ।
पहिलो सेट १–६ ले गुमाए पनि चौथो सिडकी जापानी खेलाडीले त्यसपछिको सेटमा ६–३ र ६–३ ले पुनरागमन गर्दै उपाधि जित्न सफल भएकी हुन् । दोस्रो सेटमा पनि ३–० ले पछि पर्ने खतरामा रहेकी उनले त्यसपछिका १२ मध्ये १० सेट जितेकी थिइन् ।
उनको यो तेस्रो ग्रान्ड स्लाम उपाधि हो । यसअघि उनले सन् २०१८ को युएस ओपनमा सेरेना विलियम्सलाई पराजित गरेर पहिलो ग्रान्डस्लाम जितेकी थिइन्। उनी सन् २०१९ मा अस्ट्रेलियन ओपन च्याम्पियन बनेकी थिइन्।
‘म अब अरु फाइनलमा तिमी (अजरेन्का) सँग खेल्न चाहदिन। मलाई रमाइलो लागेन किनभने एकदमै कठिन खेल थियो,’ अजरेन्काको प्रशंसा गर्दै ओसाकाले भनिन्,’अजरेन्काले बच्चादेखि नै प्रेरणा दिएकी थिइन्। म अजरेन्काकै खेल हेरेर हुर्किएकी हुुँ। मैले धेरै सिक्ने मौका पाए। धन्यवाद।’