हिरोको खेल लास्टमा भनेझै कतै आज फाईनलमा सन्दिप पो खेल्छन् कि ! यस्तो छ संम्भावना

एजेन्सी, २५ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने आठ बजे सुरु हुने खेलमा साविक विजेता मुम्वई र पहिलो पटक फाइनलमा पुगेको दिल्लीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

मुम्बईले पहिलो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै फाइनलमा पुग्दा दिल्लीले भने दोस्रो क्वालिफायरमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै मुम्बईसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

उपाधि भिडन्तमा मुम्बई पाँचौं पटक उपाधि जित्ने लक्ष्यमा हुँदा आईपीएलको इतिहासमै पहिलो पटक फाइनल पुगेको दिल्ली पनि उपाधि जित्ने मौका गुमाउने पक्षमा छैन् । जारी सिजनमा मुम्बईले १५ मध्ये १० म्याच जितेको थियो भने दिल्लीले खेलेका १६ मध्य ९ म्याच जित्न सफल भयो ।

दिल्लीमा नेपाली स्पिनर सन्दीप लामिछाने पनि आबद्ध छन्। तर, उनले यो सिजन मौका पाएका छैनन्। आजपनि उनले खेल्ने संम्भावना छैन । भारतिय मिडियाले पनि सन्दिपले आज पनि खेल्न नपाउने अनुमान गरेका छन् ।

मुम्बईको सम्भावित प्लेइङ-११ : क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पांड्या, राहुल चहर, नाथनकुल्टर नाइल, जेम्स प्याटिन्सन/ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

दिल्लीको सम्भावित प्लेइङ- ११ : शिखर धवन, मार्कस स्टोइनिस, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, अक्क्षर पटेल, हर्षल पटेल/प्रवीण दुबे, शिमरोन हेटमायर, कागिसो रबाडा, रविचन्द्रन अश्विन र एनरिच नोर्टजे।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + 1 =