अब सुरु हुदैछ नेपाल प्रिमियर लिग ‘एनपिएल’ ! आईपिएल फ्लप ?

काठमाडौं : काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) गर्ने तयारी गरेको छ । एनपीएलको तयारी स्वरुप संघले छलफलसमेत सुरुवात गरिसकेको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार आज बसेको बोर्ड बैठकले एनपीएलको ड्राफ्टका सन्दर्भमा छलफल गरेको छ ।एनपीएलको विषय आगामी वार्षिक साधारणसभामा समेत एजेण्डाको विषयमा लगिने सचिव प्याकुरेलले जानकारी दिए ।

क्यानको साधारणसभा यही ३ मंसिरमा बस्दैछ । क्यानले एनपीएल कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा चाहिँ तत्काल मिति सार्वजनिक गरेको छैन । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफू अध्यक्षमा निर्वाचित भएसँगै एनपीएल आयोजना गर्ने घोषणा गरेका थिए ।

अहिले काठमाडौंमा एभरेष्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग गरेर तीन वटा टी–२० फ्रेन्चाइज लिग भइरहेको छ । क्रिकेट संघ निलम्बनमा रहेका बेला अन्तर्राष्ट्रिय काउन्सिल काउन्सिल (आईसीसी)ले पनि २० हजार डलर शुल्क लिएर लिग गर्न अनुमति दिएको थियो ।

अब क्रिकेट संघ आफैंले फ्रेन्चाइज लिग गर्दा अरु के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । तर एनपीएलबारे निर्णय हुन बाँकी रहेकाले अरु फ्रेन्चाइज लिग के गर्ने भन्नेबारे यसै भन्न नसकिने क्रिकेट संघका पदाधिकारीहरु बताउँछन् ।

उसो त क्रिकेट संघ निलम्बनमा पर्नुअघि एक सिजन नेपाल प्रिमियर लिग भएको पनि थियो । अहिले एभरेष्ट प्रिमियर लिग गरिरहेका अमिर अख्तरले नै क्रिकेट संघसँग अनुमति लिएर २०१५ मा एनपीएल गराएका थिए । तर निजी कम्पनीलाई एनपीएल गर्न दिएपछि क्यानमा विवाद सुरु भयो र आर्थिक पारदर्शीता लगायतका मुद्दा थपिएपछि आईसीसीले क्रिकेट संघलाई निलम्बन नै गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty three ÷ = 7