गौतमबुद्ध क्रिक्रेट रंगशालाका लागि भरतपुर महानगरपालिकाद्वारा ५० लाख रुपैयाँ सहयोग

चितवन । चितवनमा बन्दै गरेको अन्तराष्ट्रिय गौतमबुद्ध क्रिक्रेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको छ । महानगरप्रमुख रेनु दाहालको उपस्थितिमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिनुभयो । कोरोना कहरका बीचमा पनि रंगशाला निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेकाले निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताइएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताउनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− six = 4