अहिलेको आवश्यकता पार्टी एकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको आवश्यकता पार्टी एकता भएको बताएका छन्। शुक्रवार बालुवाटारमा सुरु भएको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताको आवश्यकताबारे बताएका हुन्।

केन्द्रीय सदस्य विष्णु रिजालले ओलीले एकताका लागि सार्थक पहल गरिरहेको बताएको जानकारी दिए। फेसबुक मार्फत ओलीको भनाई सार्वजनिक गर्दै रिजालले उल्लेख गरेका छन्, ‘पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता र तेस्रो आवश्यकता एकता।’

उनले त्यसका लागि आफूले सार्थक पहल गरिरहेको जानकारी पनि दिए।

एमालेको माधवकुमार नेपाल समूहले बहिष्कार गरेको बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन्। नेपाल समूहले ओलीसँग बालुवाटारमै पुगेर आजको बैठक रोकेर वार्ता गर्न आग्रह गरेको थियो। नेपाल समूहको आग्रहलाई ओलीले भने अस्वीकार गरेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight ÷ 4 =