
काठमाडौँ । तत्कालीन युवराज दीपेन्द्र शाहसँग नाम जोडिएकी देवयानी राज्यलक्ष्मी राणालाई चिठ्ठा परेको छ । दरबार हत्याकाण्डताका बेला निकै चर्चामा रहेकी देवयानीलाई बहुराष्ट्रिय कम्पनीमा चिठ्ठा परेको हो ।
उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलाले उपाध्यक्ष नियुक्त गरेको छ । उनी नियुक्त भएसँग नेपालबाट विश्वका ठूला कम्पनीको नेतृत्व तहमा पुग्ने नेपालको लिष्टमा उनको नाम पनि परेको छ । उनलाई कोकले भारत र पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार तथा दीगोपना मामिला उपाध्यक्ष नियुक्त गरेको हो ।
बहुराष्ट्रिय कम्पनीको उच्च पदमा पुग्ने सीमित नेपालीहरूमा राणाको नाम दर्ज भएको छ । उनीसँग सरकार तथा व्यावसायिक मामिलामा साढे दुई दशकभन्दा लामो समय काम गरेको अनुभव छ । २५ वर्षको कार्यानुभव भएकी राणाले यसअघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) स्वाब फाउण्डेशसन, जेनेभा तथा वर्ल्र्ड इकोनोमिक फोरममा काम गरेकी थिइन् ।
उनले रणनीतिक व्यववसाय, पैरवी, जोखिम व्यवस्थापन, सञ्चार, व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) लगायतका क्षेत्रता विज्ञता हासिल गरेकी छिन् । राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाकी छोरी हुन् ।
त्यस्तै, दिपेन्द्र र देवयानीबीच लामो समय प्रेम सम्बन्ध रहेको धेरैलाई जानकारी छ । उनको मायाको टुसा बेलायतमा पलाएको थियो । दीपेन्द्रले २०४५ मा बुढानिलकण्ठ स्कुलबाट फस्ट डिभिजनमा एसएलसी पास गरेपछि थप अध्ययनका लागि उनी बेलायत पुगे । दीपेन्द्रले बेलायतको प्राइभेट स्कुल इटनमा भर्ना भए । राजा बीरेन्द्रले पनि यही कलेजमा अध्ययन गरेका थिए ।
दीपेन्द्रका लागि स्थानीय अभिभावक थिए, बेलायतका धनाड्य लर्ड क्यामोयज । राजा बीरेन्द्र र लर्ड क्यामोइजले बेलायतको प्राइभेट स्कुल इटनमा सँगै पढेका थिए । देवयानी पनि अध्ययनकै लागि बेलायत पुगेका थिए । संयोग कस्तो भयो भने उनको स्थानीय अभिभावक पनि लर्ड क्यामोयज नै बने ।
क्यामोयजका कान्छी छोरी सोफी देवयानीको साथी बनिन् भने कान्छा छोरा विलियम दीपेन्द्रका साथी बने । बेलायतको अक्सफोर्ड सायरमा क्यामोयजको स्टोनर पार्क जहाँ दीपेन्द्र र देवयानीको पहिलो प्रेम पलाएको थियो । पार्टीमा सहभागि हुन दीपेन्द्र विलियमसँग र देवयानी सोफी त्यहाँ पुगेका थिए । जुनवेला दीपेन्द्र १८ वर्षका थिए भने देवयानी १७ वर्षकी ।
दीपेन्द्र र देवयानी फरक कलेजमा पढ्थे । तर यही पार्टीमा भएको भेटले नै उनीहरुबीचको सम्बन्ध कसिलो बन्दै गयो । उनीहरुबीच करिव १३ वर्ष प्रेम सम्बन्ध रहेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । पशुपतिशमशेर राणा र भारतीय राजपरिवारकी उषाराजे सिन्धियाकी कान्छी छोरी हुन्, देवयानी ।
उनी भारतमै हुर्किएकी थिइन् भने पढाइ पनि भारतमा भएको थियो । त्यसवखत उषाराजेकी आमा भारतीय जनता पार्टीमा थिइन् भने दाजु माधवराव सिन्धिया काँग्रेसका शक्तिशाली नेता थिए । उनको खानदान पनि शक्तिशाली थियो ।
दीपेन्द्रले देवयानीलाई रोजेपछि दरबारमा म,नमु,टाव शुरु भएको थियो । रानी ऐश्वर्य र युवराज दीपेन्द्रबीच विवाहकै विषयमा बोलचाल समेत बन्द हुने गरी झगडा हुने गर्दथ्यो । विवाहको विषयमा ऐश्वर्या र दीपेन्द्रबीच मात्रै होइन ऐश्वर्य र रत्नबीच पनि विवाद थियो। पूर्व सैनिक सचिव विवेककुमार शाहले आफ्नो पुस्तक ’मैले देखेको दरवार’मा उल्लेख भए अनुसार यस विषयमा राजा वीरेन्द्र मौन बसेका थिए ।
तर बडामहारानी रत्न, श्रुति, निराजन लगायतको धारणा फरक फरक थियो । रानी ऐश्वर्य जुद्ध शमसेरका परिवार हुन् भने देवयानी चन्द्र शमसेर खलककी । रानी ऐश्वर्यले यसैकारण देवयानीलाई चाहेकी थिइनन् । यतिमात्रै होइन छानविन प्रतिवेदनमा उल्लेख भए अनुसार दीपेन्द्रलाई देवयानीबाट छुटाउन अनेकन प्रयास पनि भएका थिए । रानी ऐश्वर्यले देवयानीलाई ‘सी क्लास’ भन्दै विवाह हुन नसक्ने बताएकी थिइन् ।
देवयानी आधा भारतीय नागरिक भएकाले पनि ऐश्वर्यले चाहेकी थिइनन् किनकी दरवारमा तीन पुस्तादेखि भारतीय राजघरानासँग विवाह गरिएको थिएन । रानी ऐश्वयै गरिमा राणालाई बुहारी बनाउन चाहन्थिन् । एसएलसी टपर गरिमा श्रुतीका श्रीमान गोरखशम्शेर राणाका काका लोकभक्त राणाकी छोरी थिइन्।
श्रुति पनि गरिमालाई नै भाउजु बनाउन चाहन्थिन् । डिस्कभरी च्यानलमा प्रसारण भएको ‘जिरो आवरः अ रोयल म्यासेकर – नेपाल’ डकुमेन्ट्रीमा श्रुतिका श्रीमान गोरखले दिएको अन्तर्वार्तामा उल्लेख भए अनुसार यसै विषयमा विवाद हुँदा दीपेन्द्रले श्रुतीलाई झापड समेत हानेका थिए ।
बहिनी श्रुति मात्रै होइन भाइ निराजनसमेत आमा ऐश्वर्यको लाइनमा थिए । हजुरआमा रत्न भने सुप्रिया शाहको पक्षमा थिइन् । बुढानिलकण्ठ स्कुलमा पढ्दा दीपेन्द्र पनि सुप्रियालाई मन पराउँथे । तर देवयानीसँगको सम्वन्ध अघि दीपेन्द्रले सुप्रियालाई मनाएका थिए । सुप्रिया रत्नकी दिदीकी नातिनी थिइन् ।
स्वयं दीपेन्द्र पनि एसएसलसी पास गर्ने समयसम्म सुप्रियासँग विवाह गर्न चाहन्थे । सुप्रियालाई रानी ऐश्वर्यले भने मन पराउँदिन थिइन । दीपेन्द्रले एसएलसी सकेलगत्तै परिवारमा विवाहको चर्चा चलिरहेको थियो । विवाहको विषयमा दरवारमा किचलो मात्रै शुरु भएन दीपेन्द्र अल्पमतमा समेत परे । उनलाई भावी राजा हुनबाट राजीनामा दिनुपर्ने अवस्था समेत सिर्जना भयो ।
त्यसपछि उनले गुपचुप विवाह गर्ने तयारी थालेका थिए । यस विषयमा दीपेन्द्रले सुप्रियासँग कुरा सेयर गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । गुपचुप विवाह गरी विवाह दर्ताका लागि वडा कार्यालयसँग कुरा समेत भएको सुप्रियाले बयानमा भनेकी छन् ।
उनले वडा अध्यक्ष र आफ्ना नजिकका साथीभाइ बोलाएर नागार्जुन बङ्गलामा कानूनी विवाह गर्ने तयारी गरेका थिए । घटना भएको दिन दीपेन्द्रले दिउँसो राजा वीरेन्द्र र आमा ऐश्वर्यसँगै नारायणहिटी दरवारभित्र सँगै लञ्च गरेका थिए । त्यसपछि उनी चार बजे राष्ट्रिय खेलकुदको तयारी हेर्नका लागि सातदोबाटो पुगे । त्यहाँबाट फर्किएपछि साँझ बुवा वीरेन्द्र र मुमा ऐश्वर्यसँगै उनी डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेकोमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
साँझ ७ बजे दीपेन्द्र त्रिभुवन सदनको बिलियार्ड हलमा पुगे । त्यहाँ उनले पाहुनाहरुसँगै ह्वीस्की पिए । सोही बेलामा पारस शाहले दीपेन्द्रलाई विवाहको विषयमा सोधेका थिए । सोही क्रममा दीपेन्द्रले आफ्नो देवयानीसँगको विवाह आमा ऐश्वर्या र मुमा वडामहारानी (रत्न) दुवैले अस्वीकार गरेको बताएका थिए ।
पाहुनाहरुसँगै उनीपछि ह्वस्की र चुरोट पिएर रमाइलो गर्दै थिए । प्रतिवेदनमा उल्लेख भएअनुसार राजा वीरेन्द्र हलमा प्रवेश गर्दा दीपेन्द्र नशाले ढलिसकेका थिए । दीपेन्द्रलाई पारस, निराजन, राजीव र गोरखले उनको कोठामा लगेर सुताए । कोठामा पुगेपछि दीपेन्द्रले बाथरुममा गएर उल्टी गरे । फर्किएर आएपछि आफ्नी प्रेमिका देवयानीसँग फोनमा कुरा गरे ।
दरबार ह,त्या का,ण्ड भएको दिन १९ जेठ २०५८ मा पनि दीपेन्द्र र देवयानीबीच फोन सम्पर्क भएको थियो । राति ८ बजेर १२ मिनेटमा गएको पहिलो फोन देवयानीले उठाइन्। दीपेन्द्रले देवयानी राष्ट्रिय खेलकुदको उद्घघाटन कार्यक्रममा आउनेबारे कुराकानी भएको प्रतिवेदनमा उल्लेख छ।
छानविन समितिलाई दिएको बयानमा देवयानीले भनेकी छिन्, ‘सरकार, मैले कुरा बुझिनँ भन्दै थिएँ । फेरि सोधिबक्स्यो, मैले जवाफ दिनुभन्दा अगाडि नै फोन राखिदिबक्स्यो ।‘ यसपटक १ मिनेट १४ सेकेन्ड कुराकानी भएको पाईएको छ ।
त्यसपछि देवयानीले ८ बजेर १९ मिनेटमा कोठामा रहेको ल्याण्डलाइनबाट दीपेन्द्रको मोबाइलमा फोन गरिन् । फोन गयो तर दीपेन्द्रले उठाएनन् । दीपेन्द्रको कोठामा फोन नउठेपछि उक्त फोन स्वत ड्युटी एडिसीकोमा ट्रान्सफर भयो। देवयानीले डिउटी अफिसरलाई दीपेन्द्रको बोली लरबरीएको विषयमा जानकारी गराई कोठामा गएर हेर्न सुझाव दिएकी थिइन् ।
यस्तै राति ८ बजेर ३९ मिनेटमा फेरि दीपेन्द्रले आफ्नो मोवाइलबाट देवयानीको मोवाइलमा फोन गरेका थिए । फोनमा दीपेन्द्रले देवयानीलाई भनेका थिए, ’म भोलि बिहान मात्रै तिमीलाई फोन गर्छु ।’ त्यो दिन दीपेन्द्र र देवयानीले गुड नाइट साटासाट गरेका थिए । देवयानीसँग १ मिनेट ३९ सेकेन्ड फोनमा कुराकानी गरे । त्यतिबेला राति ८ बजेर ४० मिनेट भैसकेको थियो । कुराकानी गरेपछि दीपेन्द्रले देवयानीलाई सुत्न भने पनि आफू भने सुतेनन् ।
देवयानीसाग कुराकानी सकिएपछि तीन वटा ब,न्दू,क भिरेर उनी आफ्नो कोठाबाट तल ओर्लिए । उनी सरासर त्रिभुवन सदनको बिलियार्ड हलमा पुगे । दीपेन्द्र आफ्ना बाबु वीरेन्द्र नजिक पुगे। उनले एमपि फाइभ अटोमेटिक सब मेशिन गनबाट कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरे।
त्यसपछि वीरेन्द्रको पेटमा ताकेर मेशिन गनबाट फायर गरे । त्यसपछि दीपेन्द्रले अन्धाधुन्द गोली चलाए । अनि बाहिर निस्किएर आफैलाई गो,ली हाने ।